Nepal Republic Media Pvt. Ltd.

epaper
Saturday
Mar 13th

लडाकु कहिल्यै अयोग्य हुँदैन : दाहाल

smaller text tool iconmedium text tool iconlarger text tool icon
माला फाल्दै गए अयोग्य लडाकु-
तुलसीपुर (दाङ), माघ २५- एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले लडाकुहरु शिविरमा बस्दैमा योग्य हुने र नरहँदैमा अयोग्य हुने होइन भनेका छन्। उनले केही प्रमुख दल शान्ति र संविधानप्रति जिम्मेवार नभएको आरोप पनि लगाए।  राष्ट्र र जनताप्रति समर्पित भएपछि कहिल्यै अयोग्य नहुने उनको भनाइ थियो। 
माओवादी शान्ति र संविधानप्रति प्रतिबद्ध रहेको पनि उनले बताएका छन्। रोल्पाको दहवनस्थित माओवादी पाँचौ डिभिजनको मुख्यालयमा आज माओवादी अयोग्य लडाकुको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले अयोग्य लडाकुको बिदाइले आफूहरुको प्रतिबद्धतालाई पुष्टि गरेको बताए। 

उनले माओवादी समयमै संविधान र शान्ति प्रक्रियालाई पूर्णता पाउनुपर्छ भन्ने मान्यतामा अडिग रहेको स्पष्ट गरे।

दहवनमा अवस्थित माओवादी जनमुक्ति सेनाको पाँचौ डिभिजनमा रहेका अनमिनको मापदण्डमा नपरेका २ सय ८३ जनाको आज बिदाई गरिएको हो।

पाँचौ डिभिजन मुख्यालयस्थित सहायक शिविरहरु गैरीगाउँको टिला, गरिजाको उधा, होलेरीको खस्रे र दाङको सङ्ग्राममा रहेका मापदण्डमा नपरेका ३ सय ९६ मध्ये केहीले यसअघि शिविर छाडेका थिए।

बिदाई समारोहमा अध्यक्ष दाहाल, माओवादी स्थायी समिति सदस्य वर्षमान पुन, जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन (पासाङ), डेपुटी कमान्डर चन्द्रप्रसाद खनाल, अनमिन प्रमुख करिन ल्यानग्रेनलगायतको सहभागिता थियो।

करिब ३ वर्षदेखि अस्थायी शिविरमा बस्दै आएका जनसेनालाई आज अनमिनले नयाँ परिचयपत्र सहित रु. १० हजार र एकीकृत माओवादीले रु. १२ हजार हस्तान्तरण गरी बिदाई गरिएको छ।

अब पाँचौ डिभिजन मुख्यालयमा २ हजार २ सय ४३ जना प्रमाणीकरण गरिएका लडाकु रहेको पाँचौ डिभिजनले जनाएको छ।

बिदाईको माला फाल्दै गए अयोग्य लडाकु

माघ ३ गते सिन्धुलीको दुधौलीबाट सुरु भएको अयोग्य लडाकुको बिदाई कार्यक्रम अनमिनको कार्यक्रमअनुरुप नै एक महिनाभित्रै नवलपरासी, इलाम, कैलाली, सुर्खेत हुँदै रोल्पाको दहवनमा आएर समापन भएको छ।

आजको बिदाई कार्यक्रममा उपस्थित भएका लडाकुको बिदाई गर्न आएका माओवादी सेनाका डेपुटी कमाण्डर बलदेव र प्रमुख कमाण्डर पासाङले अयोग्य सेनाको बिदाईका लागि माला र अबीर ल्याएर अगाडि बढेपछि सबै लडाकुको एकै हुल एकै पटक मञ्चसम्म आएको थियो।

निक्कै आक्रामक र भावुक देखिएको त्यस अवसरमा अयोग्य लडाकुहरुले कमाण्डर पासाङको हातबाट अबीर र बलदेवको हातबाट माला लगाएका थिए भने  अध्यक्ष दाहाल, पार्टी स्थायी कमिटी सदस्य वर्षमान पुनसँग हात मिलाएका थिए।

तर उनीहरु कार्यक्रमस्थलबाट बाहिरिनासाथ सबैजसो अयोग्य लडाकुले पहिरिएको माला फालेका थिए। केहीले दाहाललगायतका नेतासँग हात मिलाएर बिदाई भए भने धेरैले मुखसमेत नहेरेर बाहिरिए।

रोल्पाको दहवनमा भएको अन्तिम बिदाई कार्यक्रमसहित प्रमाणीकरणका क्रममा अयोग्य भएका ४ हजार ८ जनाको बिदाई गर्ने कार्यक्रमसमेत सम्पन्न भएको छ।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली