नेपालगन्ज, माघ २५- उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कसैको लहडले सरकार परिवर्तन नहुने बताएका छन्। उपप्रधानमन्त्री गच्छदारले संविधान निर्माण र शान्तिप्रक्रिया निष्कर्षमा नपुर्याइ यो सरकारले विश्राम नलिने पनि बताए।
बाँकेको मानपुरमा सुरु भएको स्वर्गीय बालकृष्ण शाह स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले सबैलाई आ–आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर एकताबद्ध भई संविधान निर्माणमा जुट्न आह्वानसमेत गरे।
उपप्रधान मन्त्री गच्छदारले संविधान निर्माणको समय नजिक आइसकेकाले सत्तामोह र पार्टीगत स्वार्थ त्यागेर राजनीतिक दलहरु त्यसका लागि एकजुट हुन आवश्यक रहेकोमा जोड दिएका थिए।
उनको भनाइ थियो– माओवादीले महत्वपूर्ण र आवश्यक विषयहरुमा अन्त्यमा गएर राष्ट्रकै पक्षमा निर्णय लिने गरेकाले संविधान निर्माणमा पनि उसले कुनै बाधा नपुर्याई सहयोग गर्नुपर्छ।
सो समारोहपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मधेशी जनाअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्षसमेत रहेका उपप्रधान मन्त्री गच्छदारले माओवादी लडाकुको टुङ्गो नलगाएसम्म शान्ति र संविधान निर्माण हुन नसक्ने भनाइ राखे।
- रासस

बुकमार्क
यसलाई ई-मेल गर्नुस्
प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook