काठमाडौं, माघ २६ (नागरिक)- सरकारले बंगलादेशको राजधानी ढाकामा भैरहेको ११औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको राष्ट्रिय झण्डा उल्टो राखेको र पुरानो राष्ट्रिय गान बजाएकोबारे छानबिन गरी दोषीमाथि कारवाही गर्ने भएको छ।युवा तथा खेलकुद मन्त्री गणेश तिवारी नेपालीले संसदमा बोल्दै सो प्रतिबद्धता जनाएका हुन्।
ढाकामा कर्मचारीले आपसमा झगडा गरेर देशको बेइज्जत गरेकोले त्यसबारे पनि यथार्थ बुझेर कारवाही गरिने जानकारी दिए। संसद्को सोमबारको बैठकमा पनि सभासद्हरूले यस विषयमा सरकारसँग जानकारी मागेका थिए। ढाकामा भैरहेको ११ सागमा २ पटक पुरानै राष्ट्रिय गान बजेको थियो।
एकीकृत माओवादीका चन्द्रप्रसाद गजुरेल, नेपाली कांग्रेसका लक्ष्मणप्रसाद घिमिरे, एमालेका रविन्द्र अधिकारीलगायतले यसबारे प्रश्न उठाएका थिए। अधिकारीले भने, 'सागमा झण्डा उल्टो राखियो, पञ्चायती राष्ट्रिय गान बज्यो। त्यसको व्यवस्थापन हेर्दा लाग्छ- सरकार छ कि छैन?'
खेलकुद मन्त्री नेपालीले २३ खेलमा भागलिन २७८ जना खेलाडीसहित ४७९ जनाको नेपाली टोली ढाका प्रस्थान गरेको जानकारी दिंदा संसदमा हाँसो गुन्जिएको थियो। ढाकामा खेलाडीबाहेक ४७ प्रशिक्षक, २५ जना व्यवस्थापक, निर्णायक ३० जना, अफिसियल ६१ जना र ३८ जना पत्रकारको टोली गएको छ।
प्रतिक्रियाहरू (0)



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



