पूर्ण बस्नेत, हङकङ, माघ २६- जमिम शाहको हत्याले सुरक्षा व्यवस्थाको कमजोरी र गृहमन्त्रालय नेतृत्वविहीन रहेकोमा व्यापक आलोचना भए पनि गृहमन्त्री भीम रावल साताव्यापी चीन भ्रमण छोट्याउने सोचाइमा छैनन्।
"चीनको कुन्मिङबाट उडेर शुक्रबार राति मात्र काठमाडौँ ओर्लिन्छौँ", गृहमन्त्रीसँगै बेइजिङमा रहेका गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले भने, "अहिलेसम्म भ्रमण छोट्याउने योजना छैन, गृहमन्त्रीले सोचेको भए बेग्लै कुरा हो।"
प्रवक्ता खनालका अनुसार भ्रमणको चौथो दिन बुधबार बिहान गृहमन्त्री रावलसहितको टोलीले बेइजिङका दुई वटा प्रहरी चौकी अवलोकन गरी चिनियाँ सार्वजनिक सुरक्षा र ट्राफिक व्यवस्थापन प्रणाली बारे जानकारी लिएको छ। दिउँसो पहिलाको इम्पेरियल प्यालेस अवलोकन गरी साँझ बेइजिङस्थित नेपाली राजदूत टंक कार्कीले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ।
बिहिबार प्रसिद्ध लामा टेम्पल र अरनिकोले बनाएको श्वेत चैत्यको अवलोकन गर्ने कार्यक्रम छ। राजदूत कार्कीका अनुसार १७४४ मा नेपालबाट ल्याइएको 'ह्वाइट सेण्डल उड' नामको बुद्धको चित्र कोरिएको रुख राखिएकाले लामा टेम्पलसँग नेपालको भावनात्मक-साँस्कृतिक सम्बन्ध जोडिएको छ। गृहमन्त्रीले बिहिबार तियानमेन स्क्वायरमा माओत्सेतुङको समाधिस्थल अवलोकन गर्ने कार्यक्रम पनि छ।
गृहमन्त्री रावलको टोली शुक्रबार बेइजिङबाट चीनको दक्षिणी शहर कुन्मिङ उड्ने छ। त्यहाँ दिउँसो घुमघाम गरी राति मात्र काठमाडौँ उड्ने कार्यक्रम छ।
राजधानीको सुरक्षित स्थानमा हत्या हुँदा गृह मन्त्रालय 'चेन अफ कमाण्ड'विहीन


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



