काठमाडौं, फागुन १६ (नागरिक)- उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालालाले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) खरिद सम्वन्धी आफ्नो प्रस्ताव मुख्य सचिव माधव घिमिरेले लुकाएको भन्दै उनको राजीनामा मागेकी छन्। उनले मुख्य सचिवकै असहयोगका कारण अप्रिल १ देखि जारी हुने एमआरपीमा ढिलाइने हुने समेत बताईन।
शनिवार युरोपको दुई साता लामो भ्रमणमा जानुअघि राजधानीमा आयोजित कार्यक्रममा मन्त्री कोइरालाले भनिन्, 'मुख्य सचिवले मेरो प्रस्ताव मन्त्रिपरिषदमा नलगेर समयमा एमाआरपी जारी गर्न नसकिने भएको छ, त्यसैले प्रधानमन्त्रीले तत्काल उनलाई राजिनामा गराउनु पर्छ' कोइरालाले भनिन्।
उनले मुख्य सचिव घिमिरे राजावादी भएको दावी गर्दै त्यसलाईनै टेकेर अहिले असहयोग गरेको समेत आरोप लगाईन। 'हिजो हामी आन्दोलनमा हुदा उहाँ (मुख्य सचिव) राजालाई साथ दिदै थिए' मन्त्री कोइरालाले भनिन्, 'अहिले त्यसैले हामीलाई असयोग गरेका छन।'
मन्त्री कोइरालाले एमआरपी खरिदमा ढिलाई हुने प्रमुख कारण मुख्य सचिव घिमिरेनै भएकोले त्यसको दोश पनि उनै माथि नै जानु पर्ने बताईन। 'एमाआरपी छपाईमा ढिलाई हुनुमा मेरो कुनै कमजोरी छैन, सबै मुख्य सचिवकै कारण हो त्यसैले उनले माफि माग्नु पर्छ' उनले भनिन्।
एमाआरपी खरिद गर्न भारत बाहेकको विकल्प नभएको बताउदै सरकार-सरकारबीच 'डिल' गरेर एमाआरपी खरिद गरिने धारणा मन्त्री कोइरालाको थियो। 'म भारतवाट राहदानी खरिद गर्ने प्रस्ताव फेरी मन्त्री परिषदमा लैजान्छु' उनले भनिन्, 'भारत बाहेक अन्य मुलुकवाट खरिद गर्ने सम्भावना अहिले छैन।'
मन्त्री कोइरालाले भारतवाट एमाआरपी खरिद गर्न गरेको प्रस्ताव अघिल्लो मन्त्रीपरिषदले फिर्ता पठाएको थियो।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook