अयोग्य लडाकु माओवादीमा गएनन्

smaller text tool iconmedium text tool iconlarger text tool icon
सइन्द्र राई, खोटाङ फागुन १६- अनमिनको प्रमाणीकरणमा योग्यता नुपगेका माओवादी लडाकु शिविरबाट बाहिरिए पनि माओवादीको सम्पर्कमा भने आएका छैनन्। सेनामा अयोग्य भन्दै निकालिनेमा खोटाङका मात्र २३ जना छन्। उनीहरुमध्ये एक जनाबाहेक सबै पार्टी सम्पर्कबाहिर छन्।
उनीहरु विद्यालय उमेर समूहमा बुर्जुवा शिक्षा नलिने भन्दै माओवादी लडाईमा होमिएका थिए। तर, अहिले पश्चातापमा परेको उनीहरु बताउँछन्। लडाकुमा होमिनुअघिका समकक्षी साथीहरु कतिले डिग्री गरिसके त कति अहिले डिग्रीमा भर्ना भइसके- उनीहरुको गुनासो यस्तै हुने गरेका छन्।

पार्टीले केही दिन्छ कि भनेर उदयपुरस्थित बेलसोत शिविरबाट निकालिएपछि, जिल्ला पार्टी कार्यालय दिक्तेल आएका बतासेका अर्जुन नेपाली त्यसै फर्किए। उनी कहाँ पुगेका छन्, के गर्दैछन्–माओवादी नेतृत्वलाई थाहा छैन। ऊ माओवादीको पूर्णकालीन कार्यकर्ता हो, माओवादी जिल्ला सचिवालय सदस्य देवी रिजालले भने– राजनीति गर्नबाहेक उसको अरु विकल्प छैन।

शिविरबाट अयोग्य भएर घर फर्कने र पार्टी कार्यालयको सम्पर्कमा आउने एक मात्रै अयोग्य लडाकु हुन् उनी। जिल्लाका २३ जना अयोग्य लडाकुमध्ये उनीबाहेक कोही पनि पार्टी सम्पर्कमा नआएको माओवादीको क्रान्तिकारी पत्रकार सङ्घ खोटाङका अध्यक्ष डिएम चामलिङले बताए। पार्टीले केही व्यवस्था नगरेपछि उनीहरु पार्टी सम्पर्कमा नआएको उनी बताउँछन्।

माओवादी जिल्ला सह–सेक्रेटरी उदिम किराती मुक्तिले अयोग्य प्रमाणित लडाकुहरु अहिले परीक्षाको तयारीमा भएकाले पनि पार्टी सम्पर्कमा नआएको बताए। उनका अनुसार अहिले ती लडाक अधिकांश एसएलसी दिँदैछन्। ती लडाकुले पढ्ने इच्छा राखेपछि अहिले परीक्षाको तयारीमा ऊनीहरु जुटेका हुन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति