काठमाडौँ, फागुन १६- पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का नेता शरतसिंह भण्डारीले संविधानसभाको म्याद थप्ने अधिकार कसैलाई पनि नभएको बताएका छन्। अप्रत्यासित राजनीतिक दुर्घटनाबाट मुलुकलाई जोगाउन माओवादी लडाकुको व्यवस्थापनका साथ संविधान निर्माण प्रक्रियामा जानुपर्ने धाराणा पनि उनको थियो।
रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनले समयको माग र जनादेशलाई सम्मान गर्दै मुलुकलाई बचाउन जिम्मेवार राजनीतिक पार्टीबीच विश्वासको वातावरणसहित समझदारी र सहकार्य हुनुपर्नेमा जोड दिए।
भण्डारीले भने- राष्ट्रिय सेनाको मापदण्डअनुरूप मात्र माओवादी लडाकुको नेपाली सेनामा समायोजन गर्न सकिन्छ भन्ने विषयमा जिम्मेवारीका साथ प्रस्तुत हुन एकीकृत नेकपा (माओवादी) पक्षसँग विशेष आग्रह गर्छु।
एक प्रश्नको जवाफमा 'पर्यटन वर्ष–२०११' को लक्ष्यबमोजिम पर्यटक भित्रिने दाबी गर्दै उनले सो अभियानलाई सफल तुल्याउन सरकारले आवश्यक रणनीति तयार गरी कार्यान्वयन प्रक्रियामा अघि बढिसकेको बताए।
- रासस

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook