नुवाकोट, फागुन १६- नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीले एकिकृत नेकपा माओवादीलाई शान्ति प्रक्रिया र जनविद्रोहमध्ये एक छाड्न चेतावनी दिएका छन्। देशमा विद्यमान शान्ति प्रक्रियालाई माओवादीले गर्दै आएको जनविद्रोहले प्रभाव पारेकाले दुईमध्ये एक क्रियाकलाप छाड्न उनले चुनौती दिएका हुन।
नेकपा एमाले रसुवाको छैटौं जिल्ला अधिवेशनको आइतबार धुन्चेमा उदघाटन गर्दै एमालेका प्रभावशाली नेतासमेत रहेका ओलीले सत्ता सञ्चालनमा असफल भइसकेको माओवादीको आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बन्नुपर्ने कुराले जनतामा भ्रम सृजना गरेको पनि बताए। संविधानसभाको निश्चित लक्ष्य पूरा गरी नयाँ संविधान जारी गर्न माओवादीको नेतृत्वमा सरकार आवश्यक नपर्ने बताउँदै उनले माओवादीलाई वर्तमान सरकारमै सहभागी भएर जारी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई पूर्णता दिन आग्रह गरे।
माओवादीले भनेको जनयुद्धले जनतालाई आतङ्कित पारेकाले वितण्डा र आतङ्कपूर्ण युद्ध मात्रै भएको बताउँदै माओवादीले अहिले पनि हिंसाको नीतिलाई निरन्तरता दिनुका साथै बलजफ्ती सत्ता कब्जा गर्ने सपनामात्रै देखेको बताए। नेकपा एमाले घोषित मितिमै संविधान जारी गर्ने पक्षमा रहेको प्रतिबद्धता जनाउँदै ओलीले घोषित मितिमा संविधान नबनेमा संविधान बन्न नदिने शक्तिले नै अपजस सामना गर्नुपर्ने चेतावनी पनि दिए। कसैले संविधान बन्न नदिएर देशलाई अनिश्चिततातर्फ धकेल्छ भने संविधान विरोधीकै खुलेर प्रतिकार गर्नुपर्ने ओलीले बताए।
माओवादीलाई संविधान र संसदीय प्रक्रिया पालना गर्न आग्रह गर्दै नेता ओलीले माओवादीले अन्य दलका कार्यकर्तामाथि आक्रमण जारी राखे भविश्यमा धेरै नोक्सान माओवादीकै हुने दावी पनि गरे।
सोही कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले देशमा विभिन्न शक्तिमा देखिएको अतिवाद र यथास्थितिवाद अन्त्य गरी दलहरु एक भई समयमै सविधान जारी गर्नुपर्ने बताए।
- देवचन्द्र भट्ट

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook