संविधानसभालाई नयाँ 'बिजनेस'

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, फागुन १७ (नागरिक)- संविधानसभाको संवैधानिक निकायको संरचना निर्धारण समितिको प्रतिवेदन पारित गरी बुधबार संवैधानिक समितिमा पठाइने भएको छ। 'बिजनेस' नभएर स्थगित संविधानसभाको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ।

संवैधानिक निकायको संरचना निर्धारण समितिको प्रतिवेदन पारित गरी संवैधानिक समितिमा पठाइने एमाले मुख्य सचेतक भीम आचार्यले जानकारी दिए।

अग्नी खरेल संयोजक रहेको प्रतिवेदन अध्ययन समितिले मंगलबार उक्त प्रतिवेदन संविधानसभा अध्यक्षसमक्ष बुझाउनेछ। नेपाली कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले बुधबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने बताए।

कार्यतालिकाको दसौं संशोधन गर्ने वा के गर्ने भन्नेबारेमा भने छलफल भएको छैन। हिन्दू धर्मशास्त्रको उदाहरण दिंदै भने, 'बाहुन चाहिन्छ भनेको ठाउँमा फागुन २१ सम्म सार्दा कुश राखेर काम चलाइएको थियो, अब कुश पनि नभएर परालले काम चलाउनुपर्ने स्थिति छ।'
एमाले मुख्य सचेतक आचार्यले पनि समय एकदमै साँघुरो भएकाले कार्यतालिका संशोधन कसरी गर्ने भन्ने मिलाउन गाह्रो हुने बताए। उनले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाई नसकिएको बताए।

कार्यतालिका संशोधन सबै समितिका प्रतिवेदन फागुन २१ गते अगावै पारित गरी संवैधानिक समितिमा पठाइसक्नुपर्ने र समितिले एकीकृत मस्यौदा तयार पारिसक्नुपर्ने कार्यतालिकाको नवौं संशोधनमा उल्लेख छ। संविधानसभाले पारित गरी निर्माण गरेको कार्यतालिका भएकाले त्यसमा हेरफेर संविधानसभाको बैठकबाटै गर्नुपर्छ। नवौं संशोधनको समयसीमाभित्र ११ वटै विषयगत समितिको प्रतिवेदन पारित गरिसक्नुपर्ने भए पनि दुईवटा समितिका प्रतिवेदनमात्र पारित हुने अवस्था छ। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति