काठमाडौं, फागुन १७ (नागरिक)- सन् १९५० को सन्धि र खुला सीमाबारे भारतीय विदेश मन्त्रालयद्वारा पटनामा आयोजित सम्मेलनमा एकीकृत माओवादीका प्रतिनिधि सहभागी भएका छन्।
१९५० को सन्धि खारेज हुनुपर्ने, भारतले सीमा मिचेको भनी आरोप लगाउँदै राष्ट्रिय स्वाधीनता भनी आन्दोलन चर्काएको माओवादी त्यही विषयको सम्मेलनमा भाग लिएको छ।
भारतको विदेश मन्त्रालयद्वारा आयोजित पटना सम्मेलनमा माओवादी, कांग्रेस, एमाले, नागरिक समाजको उपस्थित थियो।
नेपालस्थित भारतीय राजदूतावासको सहजीकरणमा दलका प्रतिनिधि तथा पत्रकारहरू त्यहाँ गएका थिए। शनिबार सम्पन्न पटना सम्मेलनमा सहभागी हुने मध्ये शीर्ष नेतामा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई थिए।
पटना सम्मेलनमा माओवादीका भट्टराई, वर्षमान पुन, कांग्रेसका प्रदीप गिरी, विमलेन्द्र निधि, गगन थापा, एमालेका प्रदीप नेपाल, प्रदीप ज्ञवाली, पत्रकार कनकमणि दीक्षित र चन्द्रकिशोर सहभागी थिए।
खुला सीमाना र सन् १९५० को सन्धिले भारतलाई समेत असर परेको बारेमा सम्मेलनमा छलफल भएको बताइएको छ।
प्रतिक्रियाहरू (0)



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



