काठमाडौँ, फागुन २५- राष्ट्रपति डा. रामवरण यादवले लेखक, बुद्धिजीवी र पत्रकारलाई राष्ट्रहितको पक्षमा कलम चलाउन आग्रह गरेका छन्। डा. यादवले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशलाई एकताबद्ध र समृद्धतर्फ लैजाने दायित्व सबैको भएको पनि बताए।
मित्रसेन दाहालद्वारा लिखित 'कथा र व्यथाको यात्रा' नामक पुस्तकको विमोचन गर्दै राष्ट्रपतिले उक्त कुरा बताएका हुन।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाले लेखकले मिर्गौला जस्तो ठूलो रोगबारे जानकारी गराएर राष्ट्रप्रतिको आफ्नो दायित्व निर्वाह गरेको विचार व्यक्त गरेका थिए।
मिर्गौला रोगबाट पीडित भएपछि मिर्गौला प्रत्यारोपणपछिको आरामको समयमा दाहालले जीवनमा देखेका, भोगेका र अनुभव गरेको कुरा सो पुस्तकमा समेटेका छन्।
- रासस

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook