के-के निर्णय गर्यो मन्त्रिपरिषद्को बैठकले?-
माधव ढुङ्गेल, काठमाडौँ, फागुन २६- मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले उपराष्ट्रपति परमानन्द झाको भारत भ्रमणको खर्च सरकारले नव्यहोर्ने निर्णय गरेको छ। उनी बुधबारबाट भारतको निजी तीर्थयात्रा भ्रमणमा जाँदै छन्।
मन्त्रिपरिषद्को बैठकले उपराष्ट्रपतिको खर्च उनले नै व्यहोर्नुपर्ने निर्णय गरे पनि उनको सुरक्षार्थ खटिने र सहयोगी कर्मचारीको खर्च भने राज्यले व्यहोर्ने निर्णय गरेको छ।
बैठकले सबै श्रेणीविहीन कर्मचारीको सुविधा थप गर्ने निर्णय पनि गरेको छ।
बैठकले वरिष्ठ पत्रकार सम्मान अक्षय कोष स्थापना गर्न निर्देशिका पारित गर्ने निर्णय गरेको छ। त्यसैगरी द्वन्द्वपीडित पत्रकारिता कल्याण कोष निर्देशिका पारित भएको छ।
सरकारले सूचना प्रविधि नीति २०६६ पारित गरेको छ।
त्यस्तै शहीदको परिभाषाका लागि गठित कार्यदलको म्याद थप गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook