संवैधानिक समितिको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित

smaller text tool iconmedium text tool iconlarger text tool icon
माधव ढुङ्गेल, फागुन २६ (नागरिक)-  स‌ंविधान बन्न ७९ दिन मात्र बाँकी रहेको बेला संवैधानिक समितिको आजको बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको छ।  एकीकृत माओवादीका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठले विरोध गरेपछि होहल्ला भएका कारण बैठक स्थगित भएको हो। सबै दलका संसदीय नेताहरुसहित हिजो बसेको संवैधानिक समितिको बैठकमा संविधान निर्माणसम्बन्धी जटिलतालाई लिखित रुपमा निर्णयको रुपमा पत्रपत्रिकामा कसरी आयो भन्दै श्रेष्ठले आपत्ति जनाएका थिए। त्यस लगत्तै सभासदहरु विश्वेन्द्र पासवान, सरिता गिरी लगायतका सभासदहरुले पनि विरोध जनाएका थिए।

आजको बैठकमा संवैधानिक अंगको संरचना निर्धारण समितिको प्रतिवेदनमा छलफल गर्ने कार्यक्रम थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति