Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

कोइरालाले संयुक्त राष्ट्र सङ्घका उपमहासचिव भेटे

smaller text tool iconmedium text tool iconlarger text tool icon
अन्मिनले विवादमा आउने काम गर्नुहुन्न : कोइराला-
गोविन्द परियार, काठमाडौं, फागुन २६ - कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले अन्मिनले विवादमा आउने काम गर्न नहुने बताएका छन्। संयुक्त राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उप-महासचिव बी लिन पास्कोसहितको टोलीसँग कोइरालाले यस्तो बताएका हुन्।

भेटमा कोइरालाले आफू जीवन कै अन्तिम कालमा रहेको हुनाले शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउनु पर्ने बताए।

राष्ट्रसंघीय प्रतिनिधिमण्डलले सुशील कोइराला, शेरबहादुर देउवा, रामशरण महत, शेखर कोइराला, कृष्ण सिटौलासहितका कङ्ग्रेस नेताहरुसित शान्ति प्रक्रियाका विविध विषयमा छलफल गरेको थियो।


कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला अहिले ३ बजे संयुक्त राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उप-महासचिव बी लिन पास्कोसँग भेट गर्दैछन्। तीन दिने भ्रमणका लागि बुधबारमात्र काठमाडौं आएका पास्कोसँग कोइरालाले निवासमै भेट गर्ने भएका हुन।  बिरामी रहेका कोइराला सधैंझै साँढे ११ बजे खाना खाएर निवासमै आराम गरिरहेका छन्। उता कोइरालालाई तत्काल उपचारका लागि विदेश लानुपर्ने स्थिति नआएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। एक्कासि श्वास प्रश्वास बढेर चौबीसै घण्टा अक्सिजन दिनुपरे पनि चिकित्सकले उपचारका लागि तत्कालै विदेश लैजानु नपर्ने सुझाव दिएका हुन्।

आज बिहान उपचारमा संलग्न चिकित्सकहरु मनबहादुर केसी, अर्जुन कार्की र जगदीश अग्रवालले संयुक्त रुपमा कोइरालाको स्वास्थ्य परीक्षण गरी केही दिन हेरेर निर्णय गर्ने निष्कर्ष निकालेका छन्। कोइरालाले मंगलबार चिकित्सकहरुसँग उपचारका लागि विदेश जानु परे छोटो दुरीको मुलुकमा जान सक्ने बताएका थिए। त्यस लगत्तै चिकित्सकहरुले भारतको नयाँ दिल्लीमा उपचारको लागि लैजान सकिने सुझाव कोइरालाका सहयोगी र परिवारजनलाई दिएका थिए।

युरोप भ्रमणमा रहेको छोरी सुजाता बिहीबार बिहान नेपाल फर्किएपछि फेरि सल्लाह गरी विदेश लाने/नलाने निर्णय गरिने भतिजा शेखर कोइरालाले नागरिकसँग भने।

'तत्काल विदेश उपचारमा लैजान नपर्ने सुझाव चिकित्सकहरुले दिएपछि केही दिन निवासमै उपचार गरिने भएको छ' शेखरले भने, 'भोलि सुजाता आएपछि र उहाँको स्वास्थ्य हेरी पछि फेरी विदेश लाने/नलाने विषयमा निर्णय गरिन्छ।'

एक सातादेखि कोइरालाको स्वास्थ्यमा सुधार नआए पछि चिकित्सकहरुले थप उपचारका लागि विदेश लैजाने सुझाव दिएका थिए।

८७ वर्षीय कोइरालालाई श्वासप्रश्वास सम्वन्धी पुरानै समस्याका कारण श्वास फेर्न अप्ठ्यारो भएको बताइएको छ। फोक्सोमा इन्फेक्सन देखिएपछि चार महिनाअघि कोइरालालाई सिङगापुरको ग्लेनिगल्स अस्पतालमा उपचार गरी ल्याइएको थियो। कोइरालालाई सिओपिडी क्रोनकाइटिक्स भनिने एक प्रकारको दमखोकीको समस्या छ।

सिंगापुरमा उपचार गरी फर्किएपछि नियमित भेटघाट र उच्चस्तरीय राजनीतिक संयन्त्रको वैठकमा बस्दै आएका कोइरालाले स्वास्थ्यमा प्रतिकुल हुनथाले पछि गत सातादेखि भेटघाट बन्द गरेका छन्। पछिल्लो समयमा कोइरालाको स्वास्थ्य औषधिका कारण कमजोर हुदै गएको छ।

कोइरालाको स्वास्थ्यका बारेमा आज बिहानैदेखि कोइराला निवास महाराजगंजमा कांग्रेस नेता तथा कार्यकर्ताहरुको भीड लागेको थियो। बिहानै कांग्रेस कार्यवहाक सभापति शुसिल कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा सहित कांग्रेसका अधिकांश मन्त्रीहरु कोइराला निवास पुगेका थिए। देउवा र सुसिलले कोइरालासँग छोटो समय भेट गरेका थिए। अन्य नेता तथा कार्यकर्ताहरुलाई भने इन्फेक्सन हुन सक्नै भन्दै चिकित्सकहरुले भेटघाटमा गराएका छैनन। अहिले खाना खाने र दिसा पिसाव गर्ने समय बाहेक चौबीसै घण्टा कोइरालालाई अक्सिजन दिइएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति

Nagarik Offer