Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

उपराष्ट्रपति गङ्गास्नानका लागि हरिद्वारतर्फ

smaller text tool iconmedium text tool iconlarger text tool icon
संविधान बनाउन दल जिम्मेवार भएनन्-
दिलबहादुर छत्याल, धनगढी, फागुन २६ (नागरिक)- उपराष्ट्रपति परमानन्द झा गङ्गास्नानका लागि बुधबार दिउँसो भारतको हरिद्वार लागेका छन्। कैलालीको धनगढी विमानस्थलमा उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रियामा भने- संविधान बनाउन दलहरु जिम्मेवार भएनन्।
'सबैलाई थाहा छ- संविधान निर्माणका लागि दलहरु जिम्मेवार नभएको', उनले भने- तर किन मेरै मुखबाट भनाउन खोज्नु हुन्छ ? उनले थपे- हामी कामना गरौं, संविधान समयमै बनोस्।

त्यहाँ कसैसँग भेट्ने कार्यक्रम छ भन्ने प्रश्नमा उनले भने- साधु सन्तसँग भेट हुन्छ। राजनीतिक भेटघाट नि ? भन्ने प्रश्नमा उनको उत्तर थियो- कोही भेटियो भने हुन सक्छ।

सुरक्षाकर्मीबाहेक एक्लै रहेका झालाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी, निमित्त डिआइजीलगायत् जिल्ला प्रमुखहरु विमानस्थल पुगेका थिए। सुरक्षा व्यवस्था कडा पारिएको थियो।

उनी बुद्ध एयरको नियमित उडानबाट धनगढी पुगेका थिए र त्यहाँबाट मोटरमा महेन्द्रनगर हुँदै हरिद्वार लाग्ने कार्यक्रम छ। छोटो भएकाले यो रुट प्रयोग गरेको भनाइ उनको थियो।

उपराष्ट्रपति पर्सि फर्कने कार्यक्रम छ।

उपराष्ट्रपतिको भ्रमण खर्च सरकारले नव्यहोर्ने



प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति

Nagarik Offer