माओवादी सहमतिको पक्षमा कहिल्यै नभएको दाबी गर्दै उसको एकमात्र उद्देश्य सत्ताकब्जा भएको ओलीको दाबी छ। माओवादीले एमालेलाई समर्थनको नाममा धोकापूर्ण काम गरेको आरोप लगाउँदै नेता ओलीले सहमतिको नाम लिएर नथाक्ने माओवादीले प्रधानमन्त्रीको चुनावमा सबैभन्दा पहिले उम्मेदवारी दिएर सहमतिको प्रयासलाई अन्त्य गरेको बताए।
प्रधानमन्त्रीको राजीनामा आएपछि केही दिनमै सहमति हुन्छ भन्ने दाबी गर्ने माओवादीले राजीनामाको घोषणापछि बोली फेरेको आरोपसमेत उनले लगाए। माओवादी बाहेकका नाममा एमाले सकारात्मक भएको वताउँदै उनले भने, 'अरु दलको नेतृत्वमा सरकार बन्ने कुरामा हामी बाधक हुँदैनौं।'
एमालेलाई फुटाउन पार्टीभित्रकै केही व्यक्ति लागेको भए पनि त्यो सम्भव नभएको ओलीले वताए। 'कसैले पार्टी फुटाउन खोज्छ भने त्यो सम्भव हुँदैन' उनले भने, 'पार्टी फुटाउन खोज्नेलाई ठेगान लगाएरै छाडिन्छ।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



