मोर्चाको धारणा आज आउने

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, साउन १५ (नागरिक)- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एकीकृत नेकपा (माओवादी) ले पेस गरेको लिखितपत्रको अध्ययन गरी आफ्नो आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ। नयाँ सरकार गठनमा निर्णायक शक्तिको रुपमा देखिएको मोर्चा समक्ष आज कांग्रेसले पनि लिखित प्रतिबद्धता बुझाउँदैछ।


पत्र बुझेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी जनअधिकार फोरमका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले माओवादीको लिखितपत्र आउनु सकारात्मक भएको बताए।

पत्र आउनु सकारात्मक भए पनि पत्रमा उल्लेखित सबै कुरालाई आज नै सकारात्क/नकारात्मक भन्न नसकिने बताउँदै उहाँले भन्नुभयो- 'यसबारे भोलि १ बजे बैठक बसेर मात्र निर्णय गर्नेछौं।'

यद्यपि उनले एमाओवादीले पत्रमा उल्लेखित कतिपय बुँदामा अझै स्पष्ट भएर सहमतिमा पुग्ने विश्वास गरेकाले यो सकारात्मक भएको उल्लेख गरे। नेता गुप्ताले नेपाली कांग्रेसले आज लिखित अवधारणा तयार गर्न नसकिएकाले भोलि प्रस्तुत गर्ने जानकारी दिएको बताए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति