Nepal Republic Media Pvt. Ltd.

epaper
Tuesday
Feb 09th

पशुपति घटनामा संलग्न छैनौः माओवादी

smaller text tool iconmedium text tool iconlarger text tool icon

काठमाडौं, भदौ २० (नागरिक)-  एकीकृत नेकपा माओवादीले पशुपतिनाथका भारतीय पुजारीलाई शुक्रबार भएको हातपातमा पार्टीको संलग्नता नरहेको उल्लेख गरेको छ। भारतीय राजदूत राकेश सुदले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पुजारी आक्रमणका विषयमा जिज्ञासा राखेपछि माओवादीले वक्तव्य मार्फत त्यस घटनामा सँलग्न नभएको जिकिर गरेको हो। माओवादी अन्तर्राष्ट्रिय विभाग इन्चार्ज कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तिमा धार्मिक सदभाव खल्बलाउने र हस्तक्षेप गर्ने आफ्नो पार्टी नीति नभएको भनिएको छ। "'जनसमुदाय'को स्वतन्त्र संघर्षको विषयलाई अनावश्यक र पूर्वाग्रही रुपमा आफ्नोपार्टीप्रति लक्षित नगर्न महराले आग्रह गरेका छन।


'हाम्रो पार्टी जनताको धार्मिक स्वतन्त्रताप्रति विश्वास गर्छ र जनसमुदायको कुनै पनि विषयमा विरोध वा समर्थन गर्ने स्वतन्त्र अधिकार र भावनाको सम्मान गर्दछ' विज्ञप्तिमा उल्लेख छ।

उनले पशुपतिनाथ मन्दिरको पुजारीमा नेपाली नागरिक नियुक्त हुनुपर्छ भन्ने माग नेपाली जनसमुदायले लामो समयदेखि उठाउँदै आएको भन्दै हालै सरकारले पुजारी नियुक्ति सम्बन्धि गरेको निर्णयप्रति असहमति जनाउँदै 'जनसमुदाय'का तर्फबाट संघर्ष समिति गठन भइ संघर्षका कार्यक्रम गर्दै आएको जनाएका छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

राजनीति

onlineversion

ब्लग

बुद्धिसागर पुराना दिन पुराना लुगा होइनन्, मनलाग्दा टक्टकाउन मिल्ने। पुराना कैयौं दिन यस्ता ...

- बुद्धिसागर

प्रेम बानियाँ एउटा देशको अवसान कसरी हुन्छ? कस्ता कारण चाहिन्छन् एउटा देश निख्रिन? के देश सकिनु...

- प्रेम बानियाँ

सन्तोष न्यौपाने मिसली र पासाङ तमुका तस्बिर मेरो फोटो ग्यालरीबाट कहिल्यै भेटिने छैनन्। न त भेटिने...

- सन्तोष न्यौपाने