Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

भारतप्रति स्पष्ट धारणा बनाउन माग

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, पुस १४ (नागरिक)- एकीकृत माओवादीको पोलिटब्युरो बैठकमा सदस्यहरूले राष्ट्रियताको आन्दोलनमा केन्द्रित हुँदा भारतप्रति कस्तो नीति अपनाउने बारे अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमा उल्लेख नभएकाले त्यस बारे स्पष्ट धारणा आउनुपर्ने बताएका छन्।

‘भारतीय विस्तारवादद्वारा समर्थित देशीय सामन्तवादसँग नेपाली जनताको अन्तर्विरोध' भन्ने वर्तमान कार्यनीतिलाई बदल्नुपर्ने धारणा उपाध्यक्ष मोहन वैद्य समूहले राखेका छन्। प्रमुख अन्तर्विरोधमा उल्लेख गरिएको देशीय सामन्तवाद बारे के गर्ने विषयमा छलफल केन्द्रित भएको सहभागी सदस्यले बताए।
संघर्षको प्रधान स्वरूप राष्ट्रियता र गणतन्त्र हुने भए पनि भारतलाई हेर्ने दृष्टिकोणमा फरक-फरक धारणा आइरहेको छ। अध्यक्ष दाहालको वर्तमान राजनीतिक परिस्थितिको समीक्षात्मक प्रस्ताव'माथि आ-आफ्ना धारणा राख्ने क्रममा पोलिटव्युरो सदस्यहरूले भारतलाई हेर्ने दृष्टिकोण बारे फरक फरक राखेका छन्।
‘संघर्षको प्रधान स्वरूप राष्ट्रियता मुख्य हुने छ। तर, प्रधान अन्तर्विरोधका बारेमा देशीय सामान्तवादीसँग भन्ने विषयलाई हेरफेर गर्नुपर्छ भन्ने छ', एक पोलिटव्युरो सदस्यले भने- ‘अझै भुरेटाकुरे सामान्तवादको अबशेष छ भन्ने भनाई पनि आएको छ।'
अहिलेको सरकारलाई कठपुतलीको संज्ञा दिएपछि भारतबाट वा कहाँबाट संचालित भएको भन्ने स्पष्ट हुनुपर्ने जिकिर सदस्यहरूले गरेका थिए। ‘देशीय सामान्तवाद अहिले आर्थिक, राजनीतिक रुपमा रहेको र त्यही अबसरलाई भारतले प्रयोग गरेको छ भन्ने निश्कर्ष हो', ती पोलिटव्युरो सदस्यले भने।
पोलिटव्युरो बैठकले ऐजेन्डा मात्रै तय गर्ने भएकाले सबै निर्णय केन्द्रीय समितिले गर्ने प्रवक्ता दीनानाथ शर्माले बताए। ‘सबै निर्णय केन्द्रीय समितिको बैठकले गर्छ। पोलिटव्युरोले ऐजेन्डा तय मात्रै गर्ने गर्छ। अध्यक्ष प्रतिवेदनमा बोल्ने क्रम जारी छ', शर्माले भने।
बैठक पुनः बुधबारसम्मका लागि स्थगित गरिएको छ। बुधबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठक विहीबारबाट हुने भएको छ। मंगलबार अध्यक्ष दाहालको प्रतिवेदनमाथि वर्षमान पुन, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, दीनानाथ शर्मा, हरिबोल गजुरेल, अग्नि सापकोटा, देवेन्द्र पौडेल, नन्दकिशो पुन, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देलले आ-आफ्नो मत राखेका थिए। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति

Nagarik Offer