कांग्रेस महाधिवेशन अनिश्चित

smaller text tool iconmedium text tool iconlarger text tool icon
२३ जिल्लामा क्रियाशील सदस्यता अवरुद्ध-
गोविन्द परियार, काठमाडौं, पुस १६- पार्टी एकीकरणदेखि नै विवादमा रहेका दुई दर्जन जिल्लामा कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न सकेको छैन। केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका दोस्रोपटक संशोधन गरी दुई महिना पर सारे पनि पार्टीमा विवाद यथावत् छ।

माघ १५ भित्र सबै जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण भइसक्ने गरी कांग्रेसले महाधिवेशनको कार्यतालिका तय गरेको छ।

काठमाडौं, भक्तपुर, ललितपुर लगायत २३ जिल्लामा पार्टीको आन्तरिक विवादका कारण क्रियाशील सदस्यता वितरणको प्रक्रियै सुरु हुन सकेको छैन।
कांग्रेस महामन्त्री विमलेन्द्र निधिले अन्य ५२ जिल्लामा भने क्रियाशील सदस्यता वितरण भइरहेको बताए। 'पार्टी विवाद रहेका जिल्लाबाहेक अन्य जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण सुरु भइसकेको छ,' निधिले नागरिकसँग भने।

कांग्रेस एकीकरण भएको दुई वर्ष बितिसक्दा पनि २३ जिल्लामा दुई-दुईवटा कार्य समिति, क्षेत्रीय समिति र गाउँ समिति सक्रिय छन्। जिल्ला, क्षेत्र र गाउँमा दुई समिति भएका कारण क्रियाशील सदस्यता वितरण गर्दा कसलाई आधिकारिकता दिने भन्ने केन्द्रीय समितिमै चरम विवाद छ।
पार्टीको विवाद मिलाउन उपसभापति प्रकाशमान सिंहको संयाजकत्वमा तीन महिनाअघि समिति गठन गरिए पनि त्यसले अझै ठोस निर्णय गर्न सकेको छैन। विवादका कारण केन्द्रीय कार्यालयबाट २३ जिल्लामा अझै क्रियाशील सदस्यता फारम पुगेको छैन। 'विवाद मिलेपछि मात्रै क्रियाशील सदस्यता फारम सम्बन्धित जिल्लामा पठाइन्छ,' निधिले भने।

कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा केन्द्रमा भएको सहमतिलाई जिल्ला तहमा नमानेपछि विवाद नमिलेको हो। पार्टी एकीकरण हँुदा केन्द्रदेखि जिल्ला तहसम्म ४० र ६० को अनुपातमा नेतृत्व लिने गरी सहमति भएको थियो। जस अनुसार कांग्रेस प्रजातान्त्रिकले ४० र कांग्रेसले ६० प्रतिशत जिल्लाको नेतृत्व गर्ने र अन्य पदहरु स्थानीय तहमै सहमतिका आधारमा मिलाउने सहमति भएको थियो। तर एकता भएदेखिनै २३ जिल्लामा विवाद सृजना भएपछि दुई कार्यसमितिले काम गर्दै आएका छन्।
विवदामा रहेका जिल्लाहरुमा काठमाडौं उपत्यकाका तीन जिल्ला सहित ओखलढुङगा, रामेछाप, सर्लाही, सिन्धुली, रौतहट, सप्तरी लगायतका जिल्लाहरु छन्। क्रियाशिल सदस्यता वितरण र नविकरण स्थानीय पार्टी समितिको निर्णयबाट हुनेभएकोले पनि महाधिवेशनको प्रारम्भीक तालिकामै पार्टी विवादले असर गरेको छ।

सिहको संयाजकत्वको समितिले महाधिवेशनको मिति नजिकिदै जाद पनि विवाद मिलाउन सकेको छैन। समितिका एक सदस्यका अनुसार समितिको पटक पटक वैठक वसेपनि विवाद मिलाउने विषयमा अझै ठोश प्रगती हुन सेकेको छैन।

कांग्रेसले माघ १५ भित्र क्रियाशिल सदस्यता नयाँ वितरण र नविकरण प्रक्रिया सक्ने, माघ मसान्तसम्म क्षेत्रिय अधिवेशन सम्पन्न गर्ने र फागन २६ देखि चैत १ गतेसम्म राजधानीमा १२ महाधिवेशन सम्पन्न गर्नेगरी महाविधेशन कार्यतालिका तोकेको छ। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति