‘पहिला लडाकु व्यवस्थापन अनिमात्र संविधान'

smaller text tool iconmedium text tool iconlarger text tool icon
रमेशकुमार पौडेल, चितवन, पुस १६- नेपाली कांग्रेसका केन्दीय उपसभापति तथा संविधान सभाका सदस्य गोपालमान श्रेष्ठले माओवादीका लडाकुहरुको व्यवस्थापनअघि संविधान निर्माण गर्दा प्रजातन्त्रवादीले आफ्नो खुट्टामा आफै बञ्चरो हाने सरहको दुर्भाग्यपूर्ण काम हुने बताएका छन्।

पश्चिम चितवनको दिव्यनगरमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो विचार व्यक्त गरेका हुन्।

‘लडाकुको व्यवस्थापन नभएसम्म शान्ति प्रकृया टुंगोमा पुग्दैन। शान्ति प्रकृया टुंगोमा नपुग्दै बनाएको संविधान उन्नत र लोकतान्त्रिक हुनै सक्दैन' उपसभापति श्रेष्ठले ठोकुवा गरे। अवको दुई तीन महिनामा शान्ति प्रकृया पुरा भएमा मात्रै निर्धारित मितिमा संविधान बन्ने उनले बताए। शान्ति सम्झौता विपरित गएर माओवादीले राज्य घोषणा र व्यक्तिगत सम्पत्ती कब्जा गर्न थालेकाले संविधान नबने माओवादी नै दोषी हुने उनको भनाइ थियो।

‘हतियार सहितको पार्टीलाई चुनावमा लैजादा प्रजातन्त्रवादीको दुर्गति भयो। यो कुरा बिर्सेर हतियार राखेको कण्टेनरको चाँपी माओवादीसँग रहन दिएरै संविधान बनाउन लाग्नु हाम्रो अर्को भुल हुने छ' नेता श्रेष्ठले आक्रोश पोखे। सवै दल सहमतिमा आउने हो भने हतियार व्यवस्थापन गाह्रो नभएको र त्यस लगत्तै संविधान लेख्न थाले निर्धारित मितिमै काम सकिने सम्भावना पनि रहेको उनले बताए। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति