काठमाडौं, पुस १६ (नागरिक)- गृहमन्त्री भीम रावलले वर्तमान राजनीतिक सङ्कटको निकास चाँडै निस्कने बताएका छन्। माओवादीसँग छिट्टै वार्ता गरी निकास निकालिने बताउँदै उनले भने- 'माओवादीसँग यस्तो वार्ता भोलि हुने सम्भावना छ।'
उनले जनादेश विपरित काम गर्ने अधिकार कसैलाई नभएको पनि बताए।
कङ्ग्रेस र एमालेबीच पनि शान्ति र संविधान निर्माणका लागि संयुक्त अभियान सञ्चालन गर्ने सहमति भइसकेको उल्लेख गर्दै रावलले सहकार्यका लागि सबै पक्ष तयार हुनुपर्ने बताए।
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र भवनको शिलान्यासपछि उनले दण्डहीनताको अन्त्य, मावनअधिकार र समाजमा अमनचैन कायम गर्न सरकारले विशेष सुरक्षा योजना सञ्चालन गरिरहेको दाबी पनि गरे। र, भने- बजेट ढिला पास भयो, अब यो योजना सशक्त हुनेछ।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook