सुरेशकुमार यादव, जनकपुर पुस १६- एमाले पोलिटब्युरो सदस्य रामचन्द्र झाले मधेशमा जारी चन्दा, अपहरण र हत्याजस्ता घटनामा सक्रिय रहेका मुख्य आपराधिक गिरोह आफनै पार्टीद्वारा सञ्चालित भएको दाबी गरेका छन्।
झाले एमाले केन्द्रीय सदस्य तथा धनुषा–५ का सभासद् रघुवीर महासेठ, वैकल्पिक केन्द्रीय सदस्य योगनारायण यादवलगायत् तस्करीमा सक्रिय रहेको आरोप पनि लगाए।
धनुषा प्रहरी कार्यालयमा कार्यरत् असई 'नागेन्द्र यादव' को नामै किटान गरी उनले भने- 'अहिले जिल्लाभित्र र वरिपरि उनको संलग्नताबिना एउटै आपराधिक घटना भएको छैन।'
असई यादव पनि एमालेकै आशीर्वादले पटकपटकको सरुवालाई प्रवाह नगरी यहाँ बसेको उनले स्पष्ट गरे। 'यसबाहेक धोका–धाकीले भएको आपराधिक घटनापछि पक्राउ पर्नेलाई रिहाई गराउन पनि प्रहरी कार्यालयमा फोन हान्नेमा महासेठ र समानुपातिक तर्फबाट सभासद रहेकी महासेठ पत्नी जुलीदेवीले रेकर्ड कायम गरेका छन्', उनले भने- पार्टीभित्रको यस्तो विकृतिले पार्टीको अस्तित्व मेटिँदै गएको छ।
प्रेस चौतारीले बिहीबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जनकपुर अञ्चल कमिटीका संयोजकसमेत रहेका झाले एमालेभित्रैको विकृतिले सरकार र माओवादीबीचको विवाद साम्य हुन नसकेको पनि बताए। उनले भने- एमाले पार्टी नै राजनीतिक सहमतिको बाधक हो। यसभित्रको विवाद साम्य भए सहमतिका लागि अर्को दिन कुर्नुपर्दैन।'
केपी ओलीले माओवादी र सरकारबीच भेंडाको लडाई बझाएर संविधानसभालाई बदनाम गराउने प्रयत्नमा लागेको उनले जिकिर गरे। मुलुकको वर्तमान संवेदनशील परिस्थितिमा माओवादीको सानो गल्तीलाई टेकेर एमाले र कङ्ग्रेसभित्रका सङ्घीयता विरोधीको सक्रियता बढेको उनको ठहर छ। 'माओवादीले एक्लै गणराज्य घोषणा गरेर गल्ती गरेको छ', एमाले नेता केपी ओलीतर्फ सङ्केत गर्दै उनले भने- मुठ्ठीभर रहेका सङ्घीयता विरोधीहरु पछिल्लो समयमा माओवादीको गल्ती टेकेर सङ्घीयताको नाम मेटाउने दुष्प्रयासमा सक्रिय देखिन थालेका छन्।' तर, उनीहरुको सपना कहिले विपनामा परिणत हुन सक्ने अवस्था नरहेकाले तिनीहरुलाई अहिले पनि सचेत हुन उनले आग्रह गरे।
पार्टीभित्रका केपी ओली र उनका पक्षधरको खुरापातीले पार्टी पनि फुट्ने सङ्घारमा पुगिसकेको उनले बताए। हालै लहानमा सम्पन्न पार्टी निकट युवा सङ्गठनको अधिवेशनमा पार्टीको नीति विपरित कदमको संरक्षण हुन थालेपछि तत्काल अधिवेशन स्थलमा समानान्तर युवा सङ्गठन गठन गरिएको उनले जनाए। धनुषा, महोत्तरी, पर्सा, सप्तरी र मोरङमा ओलीले गठन गरेको जिल्लास्तरीय समानान्तर कमिटी जायज भए आफूले गठन गरेको युवाको केन्द्रीय समिति पनि सोहीरुपेन जायज हुने झाको दाबी छ।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook