पूर्ण बस्नेत, हङकङ माघ १२- हङकङका लागि नेपाली महावाणिज्य दूत विनोद उपाध्यायले आफू प्रधानमन्त्रीको भाइ भएर नभई योग्यताको आधारमा सरकारले नियुक्ति दिएर आएको बताएका छन्।
महावाणिज्य दूताबासमा मङ्गलबार कार्यभार सम्हालेलगत्तै उनले भने- सङ्घर्ष गरेर प्राविधिक क्षेत्रबाट महावाणिज्य दूत बन्न सफल भएको हुँ।
'प्रधान मन्त्रीको भाइ भएर मैले आदिवासीलाई रिप्लेस गरेको होइन'- उनले त्यस अवसरमा भने।
तीन महिनाअघि महावाणिज्य दूतमा नियुक्त भएका उपाध्याय मङ्गलबार बिहान मात्र श्रीमती र बाबुसहित हङकङ आइपुगेका हुन्। तत्कालीन महावाणिज्य दूत केशवप्रसाद भट्टराई सचिवमा बढुवा भएर काठमाडौँ फर्केपछि वाणिज्य दूत सुशील लम्साल छ महिनादेखि कार्यबाहक थिए।
आदिवासी जनजाति समुदायबाट महावाणिज्य दूत नियुक्तिको माग गर्दै आएको नेपाल आदिबासी जनजाति महासङ्घ हङकङले उपाध्यायलाई बिहीबार ज्ञापनपत्र दिएर विरोध जनाउने बताएको छ। महासङ्घका अध्यक्ष भुपेन्द्र चेम्जोङका अनुसार महासङ्घ सम्बद्ध जनजाति संस्थाहरूलाई आफ्ना कार्यक्रममा 'महावाणिज्य दूतलाई बाहिस्कार गर्न' आग्रह गरिसकेको छ।
तीन महिनाअघि सरकारले प्रधान मन्त्री माधव नेपालका भाइ विनोद उपाध्यायलाई हङकङका लागि महावाणिज्य दूत नियुक्त गरेपछि महासङ्घले विरोध जनाउँदै आएको छ। महासङ्घले उपाध्यायको एग्रिमो (स्वीकृति) समेत रोक्न चिनियाँ र हङकङ सरकारलाई आग्रह गरेको थियो। “आफ्नो जातिलाई अगाडि बढाउने उनीहरूको माग जायज छ”, उपाध्यायले भने- तर राष्ट्रका लागि काम गर्ने भएकाले मलाई यहाँका सबै नेपालीको सहयोग हुन्छ भन्ने विश्वास छ।
प्रशासन सेवाको सहसचिवलाई महावाणिज्य दूत बनाउने नियम परिवर्तन गरी मन्त्रिपरिषद्ले मेकानिकल इन्जिनियर उपाध्यायलाई नियुक्त गरेकोमा पनि विरोध भएको थियो। उपाध्यायले आफू मेकानिकल इन्जिनियर भए पनि सुरुदेखि नै विकास प्रशासन चलाएर बसेको बताए। 'नौ वर्षसम्म श्रम मन्त्रालयमा मजदुर अधिकृत भएर बसेँ'- उनले भने।
हङकङका जनजाति समुदायको आवाजलाई मत्थर पार्न सरकारले वाणिज्य दूतमा नियुक्त गरेको परराष्ट्र सेवाका अधिकृत किरण शाक्य पनि दुई सातापछि हङकङ आउँदैछन्।

बुकमार्क
यसलाई ई-मेल गर्नुस्
प्रतिक्रियाहरू (4)

...
The primary mandate of a Consul General is no doubt to prmote the national and economic interests, among others. So, whoever the person is, he should be focused on that mandate. He should not be deprived from being a Consul General on the ground that he is brother of PM. The newly Consul General must be able to address the concerns and problems of all Nepali living in Hong Kong in a meaningful manner.

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook