काठमाडौँ, माघ १३ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधान मन्त्री बन्न प्रस्ताव गरेको कुरा 'अनावश्यक प्रचारबाजी मात्र' भएको कङ्ग्रेस र माओवादी दुवै दलका नेताले बताएका छन्। संविधानसभा, संस्कृति तथा राज्य पुनसंरचना मन्त्री डा.मिनेन्द्र रिजाल र माओवादी नेता जनार्दन शर्माले यस्तो प्रस्ताव नै नगरेको दाबी गरे।
राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रिजालले गिरिजाबाबुलाई प्रधानमन्त्री पदमा रुचि नभएको समेत दाबी गरे।
सोही कार्यक्रममा माओवादी नेता जनार्दन शर्माले माओवादी अध्यक्षले कङ्ग्रेस सभापतिलाई प्रधान मन्त्री पदमा प्रस्ताव गरेको विषय अनावश्यक प्रचारबाजी मात्र भएको बताए। उनले भने- माओवादी अध्यक्षबाट त्यस्तो प्रस्ताव आएको छैन।
एमाले नेता भरतमोहन अधिकारीले समेत बोलेका उक्त कार्यक्रममा प्रमुख तीनै दलका नेताले विशेष समितिको निर्णय सबैलाई मान्य हुने र त्यसले नै माओवादी सेना समायोजनको कुरा टुङ्ग्याउने बताएका थिए। साथै उनीहरुले सबै कुरा संयन्त्रले समाधान गर्ने आशासमेत व्यक्त गरेका थिए।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook