Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

भारतमा भएको प्रदर्शनप्रति दाहालको आपत्ति

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, माघ १३ (नागरिक)- भारतीयले जोगबनीमा नेपालका माओवादीविरुद्ध गरेको प्रदर्शनप्रति एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन्। पार्टीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै दाहालले भारतीयको प्रतिक्रियाले पार्टीले उठाएको राष्ट्रिय स्वाधिनताको आन्दोलन पुष्टि गरेको पनि दाबी गरे। भारतमा माओवादीविरुद्ध प्रदर्शन

प्रतिवेदन पेस गर्दै उनले सेना समायोजन, शान्तिप्रक्रिया र संविधान सँगै हुनुपर्ने बताएका थिए।

अध्यक्ष दाहालले राष्ट्रिय स्वाभिमान बारेमा आफ्नो पार्टीले उठाएको मुद्दालाई मङ्गलबार नेपाल भारत सीमा क्षेत्र जोगबनीमा भएको घटनाले पुष्टि गरेको छ भन्दै सो घटनाका बारेमा नेपाल सरकारको कुनै प्रतिक्रिया नआउनुले सरकारले आत्मसमर्पण गरेको पुष्ट्याइँ भएको छ भन्ने दावी गरे।

सो प्रतिवेदन पेस गर्दै सेना समायोजन, शान्तिप्रक्रिया र संविधान निर्माण समानान्तर विषय भएकाले कुनै पनि एउटा विषयलाई पन्छाएर अगाडि बढ्न नसकिने भनाइ राखेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए।


उनले सेना समायोजनका बारेमा सरकारका जिम्मेवार मन्त्रीहरूबाटै प्रतिगामी खालका भनाइ आइरहेको बताएको प्रवक्ता शर्माले बताए

सो प्रतिवेदनमाथि केन्द्रित रहेर दुई उपाध्यक्ष, सचिवसहित चारजनाले आ-आफ्नो भनाइ राखेका थिए। बैठक बिहिबार बिहान बस्नेछ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति

Nagarik Offer