काठमाडौं, माघ १४ (नागरिक)- विभिन्न प्रलोभन देखाई ५० जनाभन्दा बढीलाई ठगी गरेको आरोप लागेका आफ्ना स्वकीय सचिव भरत सापकोटालाई परराष्ट्र मन्त्री सुजाता कोइरालाले आजैका मितिदेखि लागू हुने गरी बर्खास्त गरेकी छन्।
मन्त्रालयले बिहीबार विज्ञप्ति निकाली उनलाई बर्खास्त गरेको जनाएको हो। सापकोटाले परराष्ट्र मन्त्रीलाई भनेर अमेरिकालगायत् मुलुकमा पठाइदिने, राम्रो ठाउँमा सरुवा गरिदिने, जागिर लगाइदिनेलगायत् प्रलोभन देखाई ठगेको स्रोतको दाबी छ।
आफूहरूलाई दिएको आश्वासन पूरा नगरी सापकोटा एकाएक बेपत्ता भएपछि उनीहरूले आफूहरू ठगिएको थाहा पाएका थिए।
पीडितहरूले परराष्ट्रमन्त्रीको मण्डिकाटारस्थित निवासमा बुधबार धर्ना दिएर सोपकोटाले लिएको पैसा फिर्ता गरिदिन माग गरेका थिए। उनीहरूले सापकोटाले १ करोड रुपैयाँभन्दा बढी उठाएको भन्दै परराष्ट्रमन्त्रीसँग फिर्ता गराइदिन भनेका छन्।
पाँचजना अफगानीलाई नेपाली पासपोर्ट दिएको अभियोगमा परराष्ट्रका नायव सुब्बा बच्चुराम केसी गत बिहीबार पक्राउ परेको दिनदेखि सापकोटा बेपत्ता छन्। सापकोटा परराष्ट्रमन्त्रीको आडमा मेसिन रिडेवल पासपोर्टको ठेक्कासमेत निश्चित प्रस्तावकलाई दिलाइदिन्छु भन्दै हिँडेकोसमेत परराष्ट्र स्रोतले बतायो। तर, उक्त ठेक्का रद्द भइसकेको छ।
'सापकोटाले तपाईं (परराष्ट्रमन्त्री) लाई भनेर हामीमध्ये कसैलाई अमेरिका, युरोपलगायतका देशमा पठाइदिन्छु, कूटनीतिक राहदानी बनाइदिन्छु। कसैलाई राम्रो ठाउँमा सरुवा गरिदिन्छु, जागिर लगाइदिन्छु भनेर ठूलोमात्रामा रकम लिएका थिए, त्यो पैसा फिर्ता गरिदिनुपर्यो,' पीडितले कोइरालासित भनेका थिए।
स्रोतका अनुसार प्रत्युत्तरमा कोइरालाले सापकोटाबाट पैसा असुलेर पीडितलाई फिर्ता गरिदिने आश्वासन दिएकी छन्। उनले प्रहरी प्रशासनसँग सापकोटालाई पत्ता लगाएर आफूकहाँ ल्याउन निर्देशन दिएकी छन्।
चितवन घर भएका सापकोटा प्रेस युनियनका सदस्य हुन्। युनियनको अधिवेशनमा उनी केन्द्रीय सदस्यमा हारेका थिए। उनी चार वर्षयता सुजाताको सहयोगीका रूपमा कार्य गर्दै आएका छन्।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook