सुजातालाई प्रधानमन्त्रीले स्पष्टिकरण सोध्ने

smaller text tool iconmedium text tool iconlarger text tool icon
एमालेले सत्ताकब्जा गर्न खोजेको आरोपप्रति आपत्ति-
काठमाडौँ, माघ १७ (नागरिक)- एमालेले सत्ताकब्जा गर्न खोजेको भनी बुटवलमा उपप्रधानमन्त्री सुजाता कोइरालाले दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले स्पष्टिकरण सोध्ने भएका छन्।

प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरदरबारमा बिहान बसेको सरकार समर्थक १० दलको बैठकमा प्रधानमन्त्रीले भोलिको बैठकमा स्पष्टिकरण लिने बताएको बैठकमा सहभागी राष्ट्रिय जनशक्ति पार्टीका नेता सूर्यबहादुर थापाले बताएका छन्।

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको चौथो क्षेत्रीय अधिवेशनको उदघाटन गर्दै कोइरालाले सरकारको नेतृत्व गरेको एमालेले सत्ताकब्जा गर्न खोजेको आरोप समेत लगाएकी थिइन्।

पप्रधानमन्त्री कोइरालाले सरकारमा एमालेकरण भइरहेको र माओवादीलेजस्तै सत्ताकब्जा गर्न एमाले लालायित भएको बताउँदै एमाले तत्कालै नसच्चिए सरकारको विकल्पमा नेपाली काङ्ग्रेस जान बाध्य हुनुपर्ने बताएकी थिइन्।

मुलुकको वित्तीय तथा कर्मचारी संयन्त्रमा पनि एमालेकै हालीमुहाली भएको बताउँदै उहाँले पछिल्लोपटक कृषि विकास बैङ्कको कर्मचारी भर्ना र बढुवामा समेत अर्थमन्त्रीले ठाडो हस्तक्षेप गरेको आरोप लगाएकी थिइन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति