उपेन्द्र लामिछाने, वीरगन्ज माघ १७– नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वर्तमान सरकारको विकल्प नरहकाले यसैलाई कङ्ग्रेसले निरन्तरता दिने बताएका छन्। बाराको सिमरा विमानस्थलमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले माओवादीलाई समेत यसै सरकारमा आउन आग्रह गरे।
'कति सरकार फेरिरहने ?', देउवाले भने- वर्तमान सरकारलाई नेपाली कङ्ग्रेसको समर्थन रहिरहेको छ।' उनकै पार्टीका उपप्रधान मन्त्री सुजाता कोइरालाले वर्तमान सरकारको विकल्पको खोजी भएको बताउँदै गर्दा देउवाले यस्तो प्रतिक्रिया दिएका छन्।
त्यस्तै देउवाले राजनीतिक उच्च संयन्त्रमा मधेशवादी दलसँगै २५ वटै दलका प्रतिनिधि सामेल हुनुपर्ने धारणा पनि राखे। 'मधेशवादी दलको मात्र हैन, सबै राजनीतिक दलको प्रतिनिधित्व हुनुपर्छ'- देउवाले बताए।
नेपाल तामाङ घेदुङ सङ्घको ५४ औं वार्षिक उत्सवमा भाग लिन देउवा आइतबार बाराको पथलैया आएका हुन्।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook