दमौली, माघ १७- नेपाली काङ्ग्रेस संसदीय दलका नेता तथा उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा (माओवादी)ले जातीयताको नाममा राज्य बाडेर सोझा नेपाली जनतालाई झुक्याउने काम गरेको आरोप लगाएका छन्। 'माओवादी संविधान बनाउन चाहँदैनन् उनीहरू घुमाइफिराइ अधिनायकवाद लाद्न चाहन्छन्'- नेता पौडेलले भने।
तनहुँको थपे्रक गाविसस्थित सरस्वती माध्यामिक विद्यालयको २५ औँ वार्षिक उत्सवको शनिवार उद्घाटन गर्दै नेता पौडेलले सो आरोप लगाउनुभएको हो।
उहाँले सामुदायिक विद्यालयहरूबाट पनि राष्ट्र हाक्ने व्यक्ति उत्पादन गर्न सकिने चर्चा गर्दै त्यसका लागि गुणस्तरीय शिक्षा आवश्यक भएको बताउँनुभयो।
उहाँले उक्त विद्यालयलाई व्यक्तिगतरूपमा रु. ५० हजार सहयोग गर्ने घोषणा गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनराज गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काङ्ग्रेस, तनहुँका सभापति रघुनाथ पौडेल, विद्यालयका प्रधानाध्यापक मणिराज गुरुङलगायतले शैक्षिक क्षेत्रको विकासमा जोड दिनुभएको थियो। सो अवसरमा विविधि साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। रासस
प्रतिक्रियाहरू (0)



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



