मिस नेपाल पनि लडिन्-
उपेन्द्र लामिछाने, पथलैया माघ १७- बाराको पथलैयामा आइतबार आयोजित नेपाल तामाङ घेदुङ सङ्घको कार्यक्रममा अतिथि बसेको मञ्च अचानक भत्कँदा पूर्व प्रधान मन्त्री शेरबहादुर देउवा लडेका छन्। सँगै बसेका स्वास्थ्य मन्त्री उमाकान्त चौधरी, सभासद्, प्रजिअ, सञ्चारकर्मी, मिस नेपाल, सुरक्षाकर्मीलगायत् धेरै एकै साथ लडेका छन्।
आफ्नो वार्षिक उत्सवको अवसरमा सङ्घले आयोजना गरेको सम्मान तथा साङ्गीतिक कार्यक्रम चल्दै गर्दा दिउसो २ बजेर ५७ मिनेट जाँदा बाँसद्वारा निर्मित करिब ४ फिट अग्लो मञ्च भत्केको हो । मञ्च भत्कने क्रम 'स्लोमोसन' मा भएकाले स्वास्थ मन्त्री चौधरी र अन्य केहीलाई सामान्य चोट लागे पनि गम्भीर चोट कसैलाई लागेन। मञ्च भत्कदै गर्दा कार्यक्रम स्थलमा एकछिन कोलाहाल भएको थियो।
मञ्चबाट भुइँमा झरेलगत्तै पूर्व प्रधान मन्त्री शेरबहादुर देउवाले आफूलाई चोटपटक नलागेको प्रतिक्रिया दिए। उनले हाँस्दै भने- यति सानो मञ्चबाट झर्दा के आत्तिने ?'
मिस नेपाल जेसिना मोक्तानसँगै उनी बसेको सोफा भुइँमा झरेको थियो। स्वास्थ्य मन्त्री चौधरीले पनि आफूलाई खासै ठूलो चोट नलागको बताए।
उदघोषकले मिस नेपाललाई सम्मानको घोषण गर्दै गर्दा मञ्च भत्किएको थियो। 'मिस नेपाललाई सम्मान दिने घोषणा हुFदै थियो ', नजिकै रहेका दर्शक राजकुमार लामाले भने- उदघोषक मिस नेपाल......भन्दै थिए, मञ्च दायाँ–बायाँ हल्लँदै गर्ल्याम्म तल खस्यो।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook