' कार्यकर्तासहित आएर एलडिओ र हामीमाथि हातपातको प्रयास गर्नुभयो ', जैशवालले भने -' सुरक्षाकर्मीले रोकेका कारण कुटिनबाट भने जोगियौ।' आक्रोशित मुद्रामा रहेकी मन्त्री पासवानले गालीगलौजगर्दे पटक-पटक पिट्ने प्रयास गरेको उनले सुनाए। यस विषयमा एलडीओ श्यामचन्द्र मिश्रासँग सम्पर्क गर्दा उनको टेलिफोन उठेन।
जिल्लाबाट निकासी हुने ढुङगा गिट्टीको ठेक्का लिने यादव ट्रेडर्सलाई डेढ करोड रकम मिनाहा दिने कि नदिने भन्ने विवादमा जिविसमा राति अबेरसम्म माइनुटिङ हुँदै गर्दा घटना भएको हो। ठेकेदारलाई मिनाहा दिने पक्षमा एकीकृत माओवादी, राप्रपा, तमलोपासहितका १३ दलको सहमति थियो भने फोरम नेपाल , फोरम लोकतान्त्रिक, एमाले , कांग्रेस र राष्ट्रिय जनमोर्चाको असहमति थियो।
वार्षिक ५ करोड ९३ लाखमा ठेक्का पाएको यादव ट्रेडर्सले यसबीचमा १०२ दिन बन्द-हडताल भएको भन्दै मिनाहाको लागि जिविसमा निवेदन दिएको थियो। उनको मुद्धा अदालतमा चल्दैछ।
सहायक मन्त्री पासवानले रातको समयमा एलडीओ र उसका मतियार मिलेर एकलौटी निर्णय गर्न लागको थाहा पाएर आफू कार्यकर्तासहित आएको बताइन्। 'म उनलाई उक्त कार्य रोक्न दबाब दिन आएको हुँ ', उनले भनिन् -' मैले एलडीओमाथि हातपात गरको छैन।'
जिविसका इन्जीनियर जैसवालले माओवादीसहित अन्य दलको सहमतिमा आफूहरुले मिनाहाको निर्णय गरेको बताए। जैशवालले थपे -' अचानक मन्त्री आएर हस्तक्षेप गरिन्। ' केही समय अघि पर्साका सीडीओमाथि उनकै पार्टीका राज्यमन्त्री करिमा वेगमले थप्पड हान्दा कारबाही नभएकाले यी मन्त्रीको पनि मनोबल बढेको उनको आरोप थियो।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



