Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

माओवादी नेताको जिम्मेवारी हेरफेर

smaller text tool iconmedium text tool iconlarger text tool icon
मध्यमार्गी बाटोमा अपनाउने निर्णय-
उजिर मगर, काठमाडौं, माघ २०- एकीकृत माओवादीले पार्टी कार्यदिशाको विवादलाई साम्य पार्न 'राष्ट्रिय स्वाधिनता, शान्ति र संविधान' निर्माणलाई महत्व दिंदै मध्यमार्गी बाटोमा जाने निर्णय गरेको छ। स्थायी समिति सदस्यहरूको जिम्मेवारी समेत हेरफेर गरिएको छ।

माओवादीबाट संविधान निर्माणमा जिम्मेवार नदेखिएको भन्ने आरोपलाई साम्य पार्न पार्टीले मध्यमार्गी कार्यदिशा तय गरेको हो।

जारी स्थायी समितिको बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्यको 'संघीय जनगणतन्त्र'को कार्यदिशा हुनुपर्ने र अर्का उपाध्यक्ष बाबुराम भट्टराईको 'सकेसम्म जनपक्षीय संविधान निर्माण' गरेर जाने कार्यदिशा अघि सारेका थिए।

राष्ट्रिय स्वाधिनताको आन्दोलन जारी राखे पनि मुख्य अन्तर्विरोध भने माओवादीले टुंगो लगाउन सकेको छैन। पार्टीको भावी कार्यदिशा तय गर्न फागुनमा आव्हान गरिएको विस्तारित बैठक स्थगित गरिएको छ। विस्तारित बैठक नगरी फागुन ५ गते राष्ट्रिय प्रशिक्षण भेला डाकिएको छ।

उक्त प्रशिक्षण भेलामा केन्द्रीय सदस्य, राज्य समितिका सचिवालय सदस्य, जनवर्गीय संगठनका प्रमुखहरूलाई सहभागी हुनेछन्। फागुन १ गतेदेखि चैत २४ गतेसम्म प्रचारात्मक अभियान संचालन गर्ने माओवादीले निर्णय गरेको छ। प्रचारात्मक कार्यक्रममा शान्तिपूर्ण र घरदैलो हुनेछ। माओवादीले यसअघि चौथो चरणको आन्दोलन माघ १० गतेदेखि शुरू गर्ने भनिएको आमहडताल पहिल्यै स्थगित गरेको थियो।

अध्यक्ष पुष्पकमल दाहालले बिहिबार पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरू सार्वजनिक गर्ने भएका छन्।

नेताको जिम्मेवारी हेरफेर
स्थायी समितिका सदस्यहरूलाई केन्द्रीय कमाण्डमा हेरफेर गरेर जिम्मेवारी बाँडफाँट गरिएको छ। पहिलेकै ढाँचालाई यथावत राख्दै पूर्वी कमाण्डमा सीपी गजुरेल, मध्य कमाण्डमा रामबहादुर थापा, मधेशमा गिरिराजमणि पोखरेल, पश्चिमाञ्चल टोपबहादुर रायमाझी, सुदुर पश्चिमाञ्चलमा लीलामणि पोखरेललाई इन्चार्जको जिम्मा दिइएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति

Nagarik Offer