दिलिप पौडेल, बाग्लुङ माघ २१- यहाँका विद्यार्थीले प्रधानमन्त्री माधवकुमार नेपाललाई बिहीबार रित्तो थाल र टपरी उपहार पठाएका छन्। सरकार मुलुकमा आकाशिँदो महङ्गी नियन्त्रण गर्न उदासिन भएको भन्दै उनीहरुले विरोधस्वरुप यस्तो उपहार पठाएका हुन्।
राष्ट्रिय जनमोर्चा नेपालको भातृसङ्गठन अनेरास्ववियु छैटौंका विद्यार्थीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले विद्यार्थी तथा सर्वसाधारण मर्कामा परेको भन्दै तत्काल मूल्य नियन्त्रण गर्न आग्रह गरेका छन्।
रित्ता थाला, प्लेट, टपरी, दुनासहित करिव एक घण्टा उनीहरुले प्रशासनमा धर्ना दिएका थिए। सरकार जनताका समस्याप्रति संवेदनशील नभएकाले ध्यानाकर्षण गराएको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दुर्गा पौडेलले बताए। 'मूल्य वृद्धिकै कारण विद्यार्थी बजारमा डेरा लिएर अध्ययन गर्न सक्ने अवस्था छैन', अध्यक्ष पौडेलले भने- निम्नवर्गीय परिवारका मानिस भोकभोकै छन्।
अनेरास्ववियु छैटौंका केन्द्रीय सचिव भीमसेन वनले निमित्त प्रमुख जिल्ला अधिकारी डोलराज ढकाललाई रित्तो थाल र टपरी बुझाई छिटो माध्यमबाट प्रधानमन्त्री माधवकुमार नेपालसम्म पुर्याउन आग्रह गरेका थिए। अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गर्न चरणबद्ध भोक हडताल गर्ने जनाएको छ। ढकालले पनि छिटो माध्यमबाट प्रधान मन्त्रीसमक्ष यो पुर्याउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook