Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

थर र गोत्रको आधारमा नागरिकता दिन निर्देशन

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, माघ २१ (नागरिक)- व्यवस्थापिका संसदको महिला बालवालिका र समाज कल्याण समितिले दलित समुदायलाई पेशागत आधारमा नभई थर र गोत्रका आधारमा नागरिकता प्रदान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

२०५२ सालमा गृहमन्त्रालयले निर्देशिका बनाई दलित समुदायलाई थर र गोत्रको आधारमा नागरिकता प्रदान गर्न सबै जिल्ला प्रशासन कार्यलयहरुलाई निर्देशन दिएपनि केही जिल्लाहरुमा अझै लागु नभएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो।

समितिले बुधवार गृह मन्त्रालयलाई दिएको निर्देशनमा कतिपय जिल्लाहरुमा थर गोत्रको आधारमा दलित समुदायले नागरिकता नपाएको गुनासो आएकोले त्यसलाई व्यवहारिक रुपमा कार्यन्वयन गर्ने व्यवस्था तत्काल गर्न उल्लेख गरिएको छ। समितिको निर्देशन लगत्तै गृह मन्त्रालयले ७५ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरी दलित समुदायलाई थर र गोत्रका आधारमा नागरिकता उपलव्ध गराउन निर्देशन दिएको छ।

त्यसका साथै यसअघि सरकार र दलित समुदायबीच दलितहरुको नागरिकतामा जात उल्लेख भएकाहरुको नागरिकता सच्चाई थर र गोत्र लेख्न दिने सहमति समेत कार्यन्वयन गर्न समितिले गृहलाई निर्देशन दिएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति

Nagarik Offer