Wednesday 22 Baishak, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

एमाले छाड्दै उर्मिला

(0 votes)
काठमाडौं – नेकपा एमाले पोलिटब्युरो सदस्य उर्मिला अर्याल एकीकृत माओवादीमा प्रवेश गर्ने भएकी छिन्। अर्यालले माओवादी प्रवेशबारे उसको नेतृत्वसँग कुराकानी भइरहेको बताएकी छिन्।
nepalipatr-april
'कुराकानी भइरहेको छ,' अर्यालले बुधबार साँझ नागरिकसँग भनिन्, 'गलत क्रियाकलापविरुद्ध लड्दालड्दा थाकिसकेँ, त्यसैले छाड्न लागेकी हुँ।' यसअघि एमाले पोलिटब्युरो सदस्य रामचन्द्र झा माओवादी गइसकेका छन्। 
एमाले भगिनी संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)को नेतृत्व दाबी गर्दै आएकी अर्याल पोखरा राष्ट्रिय सम्मेलनयता पार्टी नेतृत्वसँग असन्तुष्ट छिन्। उक्त सम्मेलनले विद्या भण्डारीलाई अनेमसंघको अध्यक्ष पुनः निर्वाचित गरेको थियो। पर्सामा समानान्तर कमिटी गठन भएपछि प्युठान कमिटीबाट आर्याल प्रतिनिधि बनेकी थिइन्। तर, आयोजक कमिटीले त्यसलाई मान्यता दिएन। 
आर्यालले गुटगत राजनीतिले एमाले समाप्त हुने दिशातर्फ उन्मुख भएको बताइन्। 'गुटगत राजनीतिले गर्दा पार्टी समाप्त हुने दिशामा छ,' अर्यालले भनिन्, 'पार्टी पद्धति र विधानअनुसार चल्न सकेको छैन। नेताको घरमा चाकडी गर्न जानेलाई मात्रै हेर्ने चलन छ।' 
उनले माधव नेपाल महासचिव हुँदा व्यवस्थापन केही राम्रो भए पनि अहिले बिग्रेको बताइन्। 'झलनाथ खनाल गर्न सक्ने मानिस होइनन्,' अर्यालल भनिन्, 'अन्यले पनि गुटबन्दी गरे।' उनी २०४६ सालमा नेकपा (चौम)बाट तत्कालीन नेकपा मालेमा प्रवेश गरेकी हुन्। उनी एमालेबाट दुई/दुईपटक सांसद र मन्त्री भएकी थिइन्।

प्रतिक्रिया

स्थानीय निकायको निर्वाचन मिति घोषणा माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं–स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

वैद्यले नबाेलाएपछि थापाद्वारा अलग्गै केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं–मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका प्रभावशाली नेता रामबहादुर थापाले आफनो समुहको केन्द्रीय समिति बैठक बोलाएका छन्। पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीसँग पार्टी एकता गर्न अध्यक्ष वैद्य अनिच्छुक देखिए पछि...

व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको हक हनन् नहोसः राष्ट्रपति

व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको हक हनन् नहोसः राष्ट्रपति

चितवन–राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार स्वयम्ले बनाएको आचार संहिता पालनमा गम्भीर हुन सञ्चारकर्मीलाई आग्रह गरेकी छिन्।

यसरी चल्दैछ बजेट अधिवेशन

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानसँगसँगै नयाँ संविधान जारी भए पछिको व्यवस्थापिका संसदको पहिलो बजेट अधिवेशन मंगलबारबाट सुरु भएको छ। संविधानमा व्यवस्था भए अनुसार जेठ १५ गते बजेट पेस गर्ने योजनासहित व्यवस्थापिका...

यो सरकारलाई धेरै दिन काँधमा राख्दैनौंः सचिव पुन

यो सरकारलाई धेरै दिन काँधमा राख्दैनौंः सचिव पुन

काठमाडौं– एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले प्रधानमन्त्री र सरकारले आफ्नो कार्यशैली तत्काल करेक्शन नगरे एमाओवादीले धेरै दिनसम्म सरकारलाई काँधमा राखेर हिड्न नसक्ने चेतावनी दिएका छन्।

कांग्रेसदेखि एमाले त्रसित

काठमाडौं–सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। व्यवस्थापिका संसदको बर्खे अधिवेशन सुरु भएको दिन बसेको एमाले संसदीय दलको बैठकले संसदमा संसद बैठकमा...

थारुहट/थारुवान संघर्ष समितिद्वारा आन्दोलन घोषणा

काठमाडौं–अलग थरुहट प्रदेशको माग गर्दै आन्दोलन गर्दै आएको थारुहट/थारुवान संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

मनोमानी शुल्क लिने विद्यालयको अनुगमन गरिने

मनोमानी शुल्क लिने विद्यालयको अनुगमन गरिने

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले मनोमानी शुल्क लिने विद्यालयको अनुगमन गर्ने निर्णय गरेको छ। बुधबार नेपाली विद्यार्थी संघको कार्यलयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले १३ वटा अनुगमन समिति गठन गरी बुधबारदेखि...