Thursday 15 Shrawn, 2071 |
Menu

राजनीति

४ दलीय सिन्डिकेटले राष्ट्रियता खतरामा पर्यो : थापा

  • बिहीबार २ जेष्ठ, २०७०
  • बरुण पनेरु
  • DISQUS_COMMENTS
(0 votes)
डडेल्धुरा - राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलीय सिन्डिकेटले राष्ट्रियता गम्भीर खतरामा रहेको बताएका छन् । सुदूरपश्चिम भ्रमणका क्रममा डडेल्धुराको प्रसिद्ध घटालबाबा मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा थापाले चार दलको गतिविधिले नेपालको राष्ट्रियता गम्भीर अवस्थामा पुगेको बताए । देश र जनताको भावना अनुसार कुनै काम भइरहेको छैन,' अध्यक्ष थापाले भने, 'रेग्मी सरकारले गर्ने संविधानसभाको निर्वाचन निष्पक्ष र स्वतन्त्र हुनेमा शंका छ।'
सरकार र दलहरु विदेशी इसारामा चलिरहेकाले पनि देशको अवस्था गम्भीर भएको उनको भनाइ थियो। हिन्दू राज्यका बारेमा जनमत संग्रह नहुँदासम्म मुलुकको अवस्था झन् गम्भीर हुँदै जाने उनले बताए । माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाले लोकमानलाई अख्तियार जस्तो स्वच्छ निकायमा भर्ना गर्नु राम्रो नभएको बताए। 
शाहीकालीन गृहमन्त्री समेत रहेका थापाले राजसंस्थाबारे भने कुनै प्रतिक्रिया दिन चाहेनन्। उनले आज अछाम र डोटीमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकेा छ।

सम्वादमा प्रतिवेदन बनाउन उपसमिति

काठमाडौं- संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले तत्कालीन विवाद समाधान उपसमितिले गरेका निर्णयमाथि छलफल गरी सहमतिको प्रतिवेदन तयार पार्न उपसमिति गठन गरेको छ।

'व्यापार घाटा घटाउन' भारतसँग ऊर्जा सम्झौता

काठमाडौं- धान्नै नसक्ने व्यापार घाटा कम गर्न भारतस“ग ऊर्जा सम्झौता गरिनुपर्ने परराष्ट्र मामलाका जानकारहरुले बताएका छन्। पूर्व परराष्ट्रमन्त्रीसमेत रहिसकेका विभिन्न दलका नेताहरुले बुधबार राजधानीमा आयोजित साक्षात्कारमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई...

जनता समक्ष अदालत अवहेलना विधेयक

काठमाडौं— सरकारले व्यवस्थापिका संसदमा पेस गरेको अदालतको अवहेलनासम्बन्धी विधेयक जनमत लिन सर्वसाधारण कहाँ पठाएको छ। व्यवस्थापिका संसदको बुधबार बसेको बैठकमा कानुनमन्त्री नरहरि आचार्यले अदालतको अवहेलनासम्बन्धी विधेयकलाई जनताको प्रतिक्रियाका लागि प्रचार...

३ इन्जिनियर सहित ४ जनाविरुद्ध भ्रष्ट्राचार मुद्धा

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको भन्दै मध्यमान्चल सिँचाई डिभिजन नम्वर ५ भरतपुरका तीन जना इन्जिनियर र एक लेखा अधिकृत गरी चार जनाविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्धा दायर...

विद्युत् प्राधिकारणको कार्यकारी निर्देशक काफ्लेलाई बनाऊ : सर्वोच्च

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मुकेशराज काफ्लेलाई नियुक्त गर्ने सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। यसअघिका कार्यकारी निर्देशक अर्जुनबहादुर कार्कीलाई असंवैधानिक ठहर गर्दै काफ्लेलाई नियुक्त गर्न सर्वोच्चले बुधबार परमादेश...

जबर्जस्ती चन्दा माग्दैनौं : दलहरू

भोजपुर– यहाँका क्रियाशिल राजनीतिक दलले जबर्जस्ती चन्दा असुली नगर्ने प्रतिबद्धता जनाएका छन्। सात राजनीतिक दलले बुधबार पत्रकार सम्मेलन गर्दै आफू र मातहतका जनवर्गीय संगठनले जबर्जस्ती चन्दा नमाग्ने बताएका हुन्।

संस्कृत विश्वविद्यालयमा अख्तियारको छापा, सबै कागजात नियन्त्रणमा

दाङ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङ स्थित नेपाल संस्कृति विश्वविद्यालयका सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ। विश्वविद्यालयमा ब्यापक आर्थिक अनियमितता भएको शंकामा अख्तियारले विश्वविद्यालयका सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो।

संविधानसभा चुनाव 'धाँधली' बारे १२२ दलसँग सुझाव माग

काठमाडौं- संविधानसभा निर्वाचनको धाँधली आरोपबारे छानबिन गर्न बनेको संसदीय समितिले प्रयाप्त आधार नभेटेपछि निर्वाचनमा सहभागी १ सय २२ वटै दलसँग सुझाव मागेको छ।