Sunday 7 Mangshir, 2071 |
Menu

राजनीति

अनसनकारीको स्वास्थ्यअवस्था चिन्ताजनक

mynepal
(0 votes)
काठमाडौं- तराईमधेसका विभिन्न जिल्लामा चार दिनदेखि आमरण अनसन बसेका सद्‍भावना पार्टीका केन्द्रीय नेता तथा कार्यकर्ताको स्वास्थ्यस्थिति बिग्रिँदै गएको छ। सद्‍भावनाका महासचिव मनिषकुमार सुमनले १० बुदेँ माग राख्दै आमरण अनसनमा बसेका अनसनकारीलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्।
'इनरुवामा पार्टी प्रवक्ता संतोष मेहता र देवराम यादव 'मधेसी'ले थालेको आमरण अनसनको आज १५औं दिन पुगेको छ,' सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'मुलुकका विभिन्न जिल्लामा बसिरहेका पार्टी नेता गणको स्वास्थ्य अवस्था बिग्रिरहेको र केही अनसनकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेपनि सरकार मौन रहनु घोर आपत्तिजनक र निन्दनीय कार्य हो।

उनका अनुसार विराटनगरइनरुवाराजविराजलहानजनकपुरजलेश्वरमलंगवागौरकलैयावीरगञ्जभरतपुरपरासीतौलिहवालमहीनेपालगञ्जगुलरीयाधनगढीबेलौरीपोखरा र दमौलीमा चार दिन देखी अनसनकारी बसिरहेका छन्। 

निर्वाचनको मिति घोषणानिर्वाचन क्षेत्र पुनः निर्धारण आयोग गठनआमाको नाममा पनि नागरिकता वितरणमतदाता नामावलीको लागि नागरिकता प्रमाण पत्र बाहेकका प्रमाणलाई आधार मान्नुपर्नेवार्तामा रहेका सशस्त्र आन्दोलनरत् मधेसी नेताको सुरक्षालगायत निजमाथि लगाइएका मुद्दा खारेजीसबै ठाउँमा भारतीय रुपैया सटही काउन्टरको व्यवस्थालगायत १० बुँदे माग राखेर अनसनमा बसिरहेको छ। 

मोदीको जनकपुर भ्रमणको अझै टुंगो लागेन

काठमाडौं- दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को १८औं शिखर सम्मेलनमा सहभागी हुने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर जाने वा नजाने भन्ने अझै टुङ्गो लागेको छैन। सरकारकै मन्त्रीले विज्ञप्ति जारी...

चन्दले विशेष महाधिवेशन प्रस्ताव गर्ने

काठमाडौं- नेकपा–माओवादीको आइतबार हुने विस्तारित केन्द्रीय कमिटी बैठकमा सचिव नेत्रविक्रम चन्दको समूहले विशेष महाधिवेशनको प्रस्ताव लैजाने भएको छ। अध्यक्ष मोहन वैद्यसँग सबै विषय बैठकमा छलफल गर्ने सहमति भएपछि चन्द समूहले...

सबै विवाद संविधानसभामा

काठमाडौं- प्रमुख राजनीतिक दल नयाँ संविधानका अन्तर्वस्तुमा रहेका विवाद समेटेर संविधानसभामा प्रतिवेदन पठाउन सहमत भएका छन्। संविधानसभाले दिएको म्यादभित्र संवाद समितिले संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन र प्रक्रियामा लैजाने प्रश्नावली बनाउन...

धुलिखेलमा रिट्रिटको सबै तयारी पूरा

बनेपा–दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को धुलिखेलमा हुने भनिएको रिट्रिटको सबै तयारी पूरा भएको छ। हवाई आवागमनका लागि हेलिप्याड निर्माणका साथै रिट्रिटस्थल जाने स्थलमार्गका लागि धुलिखेलको बसपार्कदेखि स्थानीय गौखरेश्वर मन्दिरसम्म...

यस्तो छ लुम्बिनीमा मोदी र राजापाक्षको कार्यक्रम

यस्तो छ लुम्बिनीमा मोदी र राजापाक्षको कार्यक्रम

भैरहवा– १८ औं सार्क शिखर सम्मेलन नजिकिँदै गर्दा लुम्बिनी आउने अतिविशिष्ट पाहुनाका लागि तयारी अन्तिम चरणमा पुगेको छ। सार्क सम्मेलनअघि श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष रसम्मेलनलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल...

दलले चाहेमा दुई घन्टामा विवाद सुल्झाउन सक्छन्: सभामुख नेम्वाङ

काठमाडौं– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दलहरुले चाहेमा दुई घन्टामा विवाद सुल्झाएर माघ ८ भित्र नै संविधान जारी गर्न सकिने बताएका छन्।

प्रधानमन्त्री र एमाओवादी अध्यक्षबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को १८ औँ शिखर सम्मेलनलाई भव्य र सभ्य बनाउने विषयमा छलफल भएको छ।

संविधान बन्न नदिने शक्ति सक्रिय : उपाध्यक्ष भण्डारी

पाँचथर-नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले संविधान बन्न नदिने शक्ति सक्रिय रहेको बताएकी छन्। देशलाई संक्रमणकाल बाट मुक्त हुन नदिनेहरुको कारण संविधान निर्माणको प्रक्रियामा जटिलता आएको उनको भनाई छ।