Monday 7 Baishak, 2072 |
Menu

राजनीति

sagoon

एमाओवादीको दादागरी एमालेले सहदैन : नेपाल

  • बिहीबार २ जेष्ठ, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(0 votes)
रौतहट- नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललेचार दलभित्र एमाओवादीको दादागिरी एमालेले चल्न नदिने बताएका छन्। रौतहटको सदरमुकाम गौरमा युवा संघ नेपालको २३औं स्थापना दिवसको अवसरमा गौर अस्पतालका बिरामीलाई फलफूल वितरण कार्यक्रममा वरिष्ठ नेता नेपालले भने, 'चार दलको संयन्त्रभित्र एमाओवादीले विभिन्न षड्यन्त्र गरेर दादागिरी गर्न खोजिरहेकाले कडा प्रतिवाद गर्छौं।'
मंसिरसम्म पनि चुनाव हुन सकेन भने त्यसको जिम्मेवारी वर्तमान सरकारको हुने बताउँदै नेपालले दोस्रो जिम्मेवारी प्रतिपक्षीको पनि हुने बताए। सञ्चारकर्मीको प्रश्‍नको जवाफ दिँदै नेपालले चुनावको कानुनी पक्ष मिलाएर वातावरण बनाउने काम सरकारको भएको बताउँदै नाजायज माग तेर्साउनुको साटो मोहन वैद्य नेतृत्व माओवादीलगायतका दललाई जायज कुरा लिएर वार्तामा आइ चुनावको वातावरण बनाइदिन आग्रह गरे। 

चुनावको कुनै विकल्प नभएकाले देशलाई थप जटिल अवस्थामा पुग्न नदिन सबै पक्षले चुनावको तैयारीमा लाग्नुपर्नेसमेत नेपालको भनाइ थियो। 

विदेशी विद्यार्थीबाट बढी शुल्क उठाउने आइओएम कर्मचारी निलम्वित

काठमाडौ–चिकित्सा शिक्षाका विभिन्न क्षेत्रमा अभ्यास गर्न आउने विदेशी विद्यार्थीबाट बढी शुल्क लिएको आरोपमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले चिकित्साशास्त्र अध्यान संस्थानमा कार्यरत उर्मिला लामालाई निलम्वन गरेको छ।

शोक प्रस्ताव पारित गर्दै संविधानसभा बैठक स्थगन

काठमाडौँ-संविधानसभाको आजको बैठकले पूर्व प्रधानमन्त्री एवम् सभासद् सूर्यबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न दाहाललाई आग्रह

काठमाडौँ-संविधान लेखन प्रक्रियालाई तत्काल पूर्णता दिई मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन चीनले एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको छ।

उच्चमाविमा पनि प्राविधिक शिक्षाको व्यवस्था गर्न निर्देशन

काठमाडौँ- व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले कक्षा ९ र १० मा प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीलाई उच्चमाध्यमिक तहमा पनि प्राविधिक विषय पढ्न पाउने व्यवस्थाका सम्बन्धमा कार्यदल...

६ प्रदेशमा नयाँ समझदारी

काठमाडौं— प्रदेशको नाम र सीमासम्बन्धी सबै प्रस्ताव अनुसूचीमा राखेर ६ प्रदेशको संघीय संरचनासहित नयाँ संविधानको मस्यौदा जनतासमक्ष लैजान प्रमुख दल अनौपचारिक रुपमा सहमत भएका छन्। संख्या विवाद टुंगिए पनि प्रदेशको...

अन्तरिम संविधान र बृहत शान्ति सम्झौताका आधारमा सहमति : दाहाल

चितवन–एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले संविधानका अन्तर वस्तुका विषयमा दलहरुबीचमा अन्तर विरोधहरु कम हुँदै गएको बताएका छन्। क्रान्तिकार पत्रकार संघ नवलपरासीले शनिबार डण्डामा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले...

सहमति नभए दुईतिहाइबाट संविधान:उपप्रधान मन्त्री गौतम

पोखरा-उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संविधानका अन्तरवस्तुमा अधिकतम लचक भएर सहमति गर्ने र सहमति हुन नसकेमा दुई तिहाईवाट नयाँ संविधान जारी गर्ने दृढता व्यक्त गरेका छन ।

प्रक्रियाबाटै संविधानः आचार्य

रोल्पा–सत्तारुढ दल काग्रेस एमाले र एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाबीच नयाँ संविधान निर्माण गर्न सहमति र प्रक्रियाको जुहारी चली रहेको बेला संविधानविद् भिमार्जुन आचार्यले प्रक्रियाबाटै संविधान जारी गर्नु...