Sunday 15 Chaitra, 2071 |
Menu

राजनीति

HUB

निर्वाचनबारे शङ्का नगर्नुस् : भट्टराई

  • बिहीबार २ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
बुटवल- एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले संविधानसभाको निर्वाचनका बारेमा शङ्का नगर्न आग्रह गरेका छन्। क्रान्तिकारी पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष डा भट्टराईले निर्वाचन सम्पन्न गर्न सबैको सहयोग जरुरी भएको पनि बताए। 


संविधान सभाको निर्वाचन देशको मूल कानुन बनाउने विषयसँग जोडिएकाले सबैको सहयोग अपरिहार्य हुने उहाँको तर्क थियो। निर्वाचनका लागि मोहन वैद्य पक्षीय नेकपामाओवादीलगायतका दललाई पनि सहमत गराइने बताउँदै आगामी कात्तिकको अन्त्य वा मङ्सिरको पहिलो साता निर्वाचन हुनेसमेत दाबी गरे। 

उपाध्यक्ष भट्टराराईले मुलुकको राष्ट्रियता बलियो बनाउन अबको निर्वाचनमा मधेसका नेता पहाडबाट र पहाडका नेता मधेसबाट निर्वाचन लड्नुपर्ने बताए। राष्ट्रिय एकताका निम्ति मधेसको भूमिका महत्वपूर्ण हुने भन्दै उनले आउँदो संविधान सभाको चुनावमा मधेस र पहाडका नेता फरकफरक ठाउँबाट उठे राष्ट्रियता बलियो हुने तर्क गर्दै यसबारे आफ्नो पार्टीभित्र छलफल सुरु भएको जानकारी पनि दिए। 

विपक्षीको आन्दोलन प्रहरीद्वारा बिफल

दाङ–एकीकृत नेकपा माओवादी नेतृत्वको तीस दलीय मोर्चाले आइतवार घोराहीमा गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरी अवरोधका कारण मोर्चाको आन्दोलन बिफल बन्यो। प्रहरी अवरोधका कारण मोर्चाको र्याली पूर्व निर्धारित स्थान...

अध्यागमन निजी कम्पनीलाई नदिन निर्देशन

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन संचालन तथा व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिँदा देशको सुरक्षामा असर पर्ने भन्दै निर्णय प्रक्रिया तत्काल अघि नबढाउन व्यवस्थापिका संसद अर्न्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निर्देशन...

कालिकोट एमालेमा शिक्षकको दबदबा

कालिकोट– नेकपा (एमाले) जिल्ला कमिटी कालिकोटमा विद्यालय निरीक्षकदेखि स्रोत व्यक्ति र शिक्षकहरुले कब्जा जमाएका छन्।

आन्दोलनकारी र प्रहरीबीच झडप, प्रहरीसहित सात घाइते

चितवन–एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले निकालेको लाठी जुलुसमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप हुँदा प्रहरीसहित सात जना घाइते भएका छन्।मुख्य सडक नारायणगढको लायन्सचोकबाट पुल्चोक जाँदै गरेको लाठीसहितको जुलुसलाई प्रहरीले...

आन्दोलनकारी र प्रहरीबीच झडप, १२ आन्दोलनकारी घाइते

आन्दोलनकारी र प्रहरीबीच झडप, १२ आन्दोलनकारी घाइते

पोखरा–सहमतिबाटै संविधान जारी गर्न दबाब दिने भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको दोस्रो चरणको विरोधका कार्यक्रम अर्न्तगत पोखराको न्यूरोडमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा एक प्रहरीसहित एक...

केसीका माग प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छः रेग्मी

काठमाडौं—मेडिकल माफियाविरुद्ध अनसनरत डा.गोविन्द केसीका मागप्रति पूर्वमन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले ऐक्यबद्धता जनाएका छन्। आइतबार शिक्षण अस्पताल पुगेका उनले माग पूरा गर्न सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री सुशील कोइरालाले नेतृत्व लिनुपर्ने बताए।

कांग्रेस र एमालेले जिम्मेवारीपूर्वक सोच्ने हो भने सहमति हुन्छ : एमाओवादी

काठमाडौँ-एकीकत नेकपा (माआवादी)ले संविधान निर्माणका विवादित विषयमा सहमति खोज्न नेपाली काँग्रेस र नेकपा (एमाले)ले जिम्मेवारीपूर्वक सोच्नुपर्ने बताएको छ ।

२५ तोला सुनसहित राखेप उपाध्यक्ष पक्राउ, छुटाउन एमाले नेताको दबाब

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा २५ तोला सुनसहित पक्राउ परेका छन्। हङकङबाट शनिबार नेपाल आएका उनलाई विमानस्थमा चेकजाँच गर्दा २५ तोला सुन...