सर्वजातीय सरकारको माग-
गजेन्द्र बोहरा, दाङ, पुस १६- थरुहट नेपालका अध्यक्ष लक्ष्मण थारुले माओवादीविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन्। माघ १० देखि चौथो चरणको आन्दोलनअन्तर्गत माओवादीको अनिश्चितकालीन आम हडताल निस्तेज पारिने उनले बताए।
'माओवादीले नै देशलाई अनिर्णयको बन्दी बनाएको छ,' पूर्व माओवादी विद्रोही थारुले भने, 'सत्ता कब्जा गर्ने र शान्ति बिथोल्ने उसको सपना कहिल्यै पूरा हुँदैन।'
गजेन्द्र बोहरा, दाङ, पुस १६- थरुहट नेपालका अध्यक्ष लक्ष्मण थारुले माओवादीविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन्। माघ १० देखि चौथो चरणको आन्दोलनअन्तर्गत माओवादीको अनिश्चितकालीन आम हडताल निस्तेज पारिने उनले बताए।
थारुले सबै जातीय संगठनसहितको राष्ट्रिय सरकार गठनका लागि माघ १० सम्मको समयसीमा समेत दिएका छन्। ...माघ १० गतेसम्म यसो भएन भने हामी आन्दोलन चर्काउँछौं,' बिहीबार तुलसीपुरमा पत्रकारहरुसँग भने, 'त्यसपछि सरकार ढल्ने निश्चित छ।'
थारुले सर्वजातीय सरकारबाट मात्र जातीय समस्याको समाधान हुने दाबी गरे। उनले आन्दोलन देशको राष्ट्रियताका पक्षमा रहने बताए पनि त्यसको स्वरुपबारे केही बताएनन्।
यसैबीच, थारुले जल, जंगल र जमिन जस्ता प्राकृतिक स्रोत साधनको संरक्षणका लागि थरुहटले एक लाखभन्दा थरुहटका सेना परिचालन गर्ने जानकारी दिए। उनले त्यसका लागि ती सेनाहरुलाई राजनीतिक तथा फौजी प्रशिक्षण दिन थालिएको जानकारी समेत दिए।
प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook