Tuesday 4 Kartik, 2071 |
Menu

समाज

४० हजार यूरो र २० लाख जापानी यानसहित एक पक्राउ

तातोपानी-तातोपानी नाका हुँदै अवैध रुपमा खासा लगिंदै गरिएको यूरो र जापानी यानसहित मंगलबार एकजना पक्राउ परेका छन्। ४० हजार ६ सय यूरो र २० लाख जापानी यानसहित बाह्रविसे–१ का ४२ वर्षीय भूपेन्द्र बस्नेत लार्चाबाट पक्राउ परेका हुन्।
Read more...

आमादब्लम हिमालमा एक रसियन आरोहीको निधन

सोलुखुम्बु-आमादब्लम हिमाल चढेर फर्कँदै गरेका एक रसियन आरोहीको दुर्घटनामा निधन भएको छ। क्याम्प २ बाट क्याम्प १ तर्फ झर्ने क्रममा डोरी चुँडिएपछि ४२ बर्षीया आरोही मुप्याड असुरल्लीको निधन भएको डिएसपी चन्द्रदेव राईले बताए।
Read more...

दैलेखमा जीप दुर्घटना ३ को मृत्यु, १५ घाईते

दैलेख– मंगलवार दिउँसो दैलेख सदरमुकामदेखी नौमुले जाँदै गरेको भे १ ज ५६० नम्वरको मुस्ताङ म्याक्स जिप नारायण नगरपालिका – ४ स्थिति विनिखोलामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा गाडी चालक नौमुलेका करविर ढेगा रहेका छन् भने अन्यको नाम…
Read more...

धारिलो हतियार प्रहारबाट दुई घाइते

झापा- धारिलो हतियार प्रहारबाट झापामा एक वृद्धासहित दुईजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मेचीनगर नगरपालिका–३ निवासी ६० वर्षीय कुदन्ती दनुवार र ३५ वर्षीय राजु दनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Read more...

मोटरसाइकल र ट्रक ठोक्किँदा एकको मृत्यु

गोरखा- गोरखाको देउराली-५ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। तनहुँको आँबुखैरेनीदेखि गोरखा सडक खण्डमा पर्ने उक्त सडकमा गोरखाबाट आँबुखैरेनी जाँदै गरेको ना१क १४५५ नम्बरको ट्रक र बा३९प ५४१२ नम्बरको मोटरसाइकल गएराति एक आपसमा ठोक्किएको हो।
Read more...

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ जनालाई बाटो खनाइयो

खोटाङ– खोटाङको च्यास्मीटारमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ जनालाई बाटो खनाइएको छ। मादक पदार्थ निषेधित क्षेत्र घोषणा गरिएको च्यास्मीटार–४ दाल्फुमा जाँड रक्सी बनाउने एक जना, खुवाउने एक जना र सेवन गर्ने चार जनालाई गोरेटो बाटो खनाइएको हो।
Read more...

बुटिकबाट साडी र लेहेङ्गा चोर्ने दुई भारतीय सहित ३ जना पक्राउ

काठमाडौं— राजधानीको ज्ञानेश्वर स्थित रेणु राजभण्डारीले सञ्चालन गरेको ऐश्वर्या द बुटिकबाट २३ लाख रुपैयाँका साडी, कुर्ता सलवार, लेहेङ्गा लगायतका सामग्री चोर्ने दुई भारतीय सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। असोज १० गते राति महिलाको पहिरन चोरी भएको भन्दै राजभण्डारीले…
Read more...

रात्री बसबाट ल्याएको चार किलो सुन सहित एक जना पक्राउ

वीरगन्ज- वीरगन्जको नयाँ बसपार्कबाट प्रहरीले मंगलबार बिहान चार किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट आएको रात्री बसबाट ओर्लेका यात्रुलाई सुराकीले दिएको सूचनाका आधारमा उनको शरीर खानतलासी गर्दा सुन बरामद भएको प्रहरीले जनाएको छ।
Read more...

पाला र माला बनाउन भ्याइनभ्याइ

भक्तपुर-भक्तपुर दरबार क्षेत्रभन्दा केही पर पोर्टर स्क्वायरका लक्ष्मण प्रजापतिलाई माटाको पाला बनाउन भ्याइनभ्याइ छ। उनका परिवारका सबै सदस्य यही काममा जुटेका छन्। कोही हिलो मुछ्दै, कोही कुम्मालेको चक्र चलाउँदै। कोही रङ लगाएर सुकाउँदै, त कोही अवालमा लगेर पोल्दै।
Read more...

हिउँमा गाडिएका थप तीन शव निकालिए

पोखरा-उच्च हिमाली क्षेत्रको हिमपातमा फसेकाको खोजीमा जुटेको उद्धार टोलीले सोमबार थप तीन शव फेला पारेको छ। टोलीले मनाङ र मुस्ताङमा हिउँमा गाडिएको अवस्थामा भारतीय र इजरेली पर्यटकको शव निकालेको छ। मनाङको ४५ सय मिटर उचाइको ‘फूु क्षेत्रमा हराइरहेका पर्यटकमध्ये दुई…
Read more...

इबोला तयारीमा बजेटै छैन

काठमाडौं-‘विश्वव्यापी महामारी' घोषित इबोला रोकथाम र उपचारको तयारी गर्न आवश्यक बजेट नै प्राप्त नभएको सम्बद्ध अधिकारीले बताएका छन्।
Read more...

त्रिशूलीमा ट्रक खस्यो, ४ जना हराएको आशंका

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत गजुरी–२ फुर्केखोलास्थित सडकबाट त्रिशूली नदीमा आइचर ट्रक पल्टिएर बेपत्ता भएको छ। ट्रकमा सवार चार जना हराइरहेका छन्। सोमबार दिउँसो पौने पाँच बजेतिर काठमाडौंबाट चरौंदीतर्फ जाँदै गरेको तरकारी बोक्ने ना४ख ८८१४ नम्बरको आइचर ट्रक सडकबाट करिब ७० मिटर…
Read more...

पत्रकारमाथि सांघातिक आक्रमण

झापा– कार्यालयबाट घर फर्कंदै गरेको अवस्थामा झापाकी पत्रकार रेजिना रोदन आइतबार सांघातिक हमलामा परेकी छिन्। बिर्तामोडबाट प्रकाशित हुने जनान्दोलन साप्ताहिककी कार्यकारी सम्पादक र अर्जुनधारा दैनिककी संवाददाता उनीमाथि राति ९ बजे हतियारधारी समूहले हमला गरेको थियो।
Read more...

उद्योगपीडित किसानलाई आठ करोड क्षतिपूर्ति

रौतहट– बाढीको समयमा रौतहटका तीन उद्योगले रसायन मिसिएको पानी छाडेपछि धानबालीमा व्यापक क्षति पुगेको विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटले ती उद्योगहरूलाई दण्डित गर्ने निर्णय सुनाएको छ। विभिन्न रिपोर्टका आधारमा उद्योगहरू दोषी देखिएपछि किसानलाई क्षतिपूर्ति दिलाउन जिल्ला प्रशासन कार्यालयले ८ करोड…
Read more...
Subscribe to this RSS feed