Tuesday 9 Mangshir, 2071 |
Menu

समाज

पैसा नतिरेको भन्दै एक महिना बन्धकमा

डोल्पा- सम्झौताअनुरुप साहुबाट लिएको पैसा नतिरेको भन्दै डोल्पा जिल्ला लिकु गाविसका राजकुमार पहाडीले रुकुम जिल्ला घेत्मा-६ का तिलक पुनलाई बन्धक बनाएका छन्।
Read more...

भारतीय महिलालाई पक्राउ गरेको भन्दै दार्चुलाको सीमा नाकामा तालाबन्दी

दार्चुला- एक लाख ५ हजार भारतीय रुपियाँसहित भारतीय महिला पक्राउ परेपछि सीमा नाकामा तनाव उत्पन्न भएको छ। भारतीय पक्षले दार्चुला सदरमुकामको प्रमुख नाका झोलुङ्गे पुलमा तालाबन्दी गरेका छन्।
Read more...

मथिल्लो कर्णाली पिडिएको भ्याट छुटमा विवाद

काठमाडौं-नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) बारे सुझाव दिन सरकारले गठन गरेको प्राविधिक टोलीका सदस्यबीच भ्याट (मूल्य अभिवृद्धि कर) छुट दिने विषयमा विवाद भएको छ।
Read more...

चोरीको सुनसहित गड्डाचौकीबाट एक नेपाली पक्राउ

महेन्द्रनगर– ४५ तोलाभन्दा बढी सुनसहित सीमा नाका गड्डाचौकीबाट एक जना नेपाली पक्राउ परेका छन् । बझाङको हेमन्तवाडा गाविस–४ पणेसका २७ वर्षीय रविन्द्र रोकाया पक्राउ परेका हुन्।
Read more...

सवारी गति जाँच्न ‘एडभान्स राडार गन'

काठमाडौं-उपत्यकामा फराकिला सडक निर्माणयता बढेको सवारी साधनको रफ्तार नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले आधुनिक यन्त्र ‘एडभान्स राडार गन' प्रयोगमा ल्याउने भएको छ।
Read more...

महानगरपालिकाबाट फाइल उठाउँदै अख्तियार

काठमाडौं-काठमाडौं महानगरपालिकामा अनियमितता बढेको गुनासो धेरै आएपछि त्यस्ता अनियमितता पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल लैजान थालेको छ।
Read more...

भारतमा छात्रवृत्तिलाई परीक्षा सुरु

काठमाडौं-राजधानीस्थित युनिभर्सिटी भिलेजले इन्डियन एजुकेसन प्रमोट काउन्सिलको छात्रवृत्तिको परीक्षा आइतबार सञ्चालन गरेको छ।
Read more...

पासवर्डसहित एटिएम कार्ड चोरी

काठमाडौं– ढल्कोमा दिलमाया तामाङको राष्ट्रिय वाणिज्य बैंकको एटिएम कार्ड पासवर्डसहित चोरी भएको छ। तामाङको डेरामा चोरी हुँदा लेखेर राखेको पासवर्डसँगै एटिएम चोरिएको हो।
Read more...

अमेरिका पठाइदिन्छु भन्दै ठग्ने 'स्वामी' पक्राउ

काठमाडौं– हिन्दु धर्म प्रचारका लागि अमेरिका पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा स्वामी विष्णु प्रपन्नाचार्य भनिने विजय भण्डारी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनले नेपालको विभिन्न स्थानमा धार्र्मिक कार्यक्रम सञ्चालन गरी सर्वसाधारणलाई अमेरिका पठाइदिने…
Read more...

दार्चुलाका बाढीपीडित आमहडतालमा, सदरमुकाम र सीमा नाका बन्द

दार्चुला– महाकाली बाढीपीडित संघर्ष समितिले पीडितको पुनर्स्थापना र क्षतिपूर्तिको माग राख्दै सदरमुकाममा हडताल गराएका छन्। बाढीको १४ महिना बितिसक्दा पनि सरकारले पीडितको समस्यालाई ध्यान नदिएपछि सदरमुकाम खलंगामा हडताल गरिएको संघर्ष समितिले जनाएको छ।
Read more...

ल्हासा–सिगात्से रेल–यात्रा गर्दै माधव नेपाल

हङकङ- काठमाडौंस्थित चिनियाँ दूतावासको संयोजनमा मानसरोवर तीर्थयात्रामा हिँडेका एमाले नेता माधव नेपालले दस दिनअघि सञ्चालनमा आएको ल्हासा–सिगात्से रेलयात्रा तय गरेका छन्। सोमबार एयर चाइनाबाट तिब्बतको राजधानी ल्हासा आइपुगेका नेपाललेबुधबार सिगात्से रेल यात्रा गरी यसको अनुभव लिन लागेका हुन्। दुई दिन…
Read more...

सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुने तीन पुगे, दुई बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मध्यक्षेत्रमा पर्ने बरम्फी-१ मा पहिरोले तीन घर पुरिँदा बेपत्ता भएका चारमध्ये दुई जनाको शव भेटिएको छ। यसैगरी गम्भीर घाइते भई उपचारका लागि खाँडीचौरस्थित सदाबहार अस्पताल पुर्‍याइएको चन्द्रावती थापाको पनि मृत्यु भएको छ। यसअघि बेपत्तामध्ये महादेव थापा र गणेश…
Read more...

चार केजी सुनसहित दोर्जे गुरुङ पक्राउ

सिन्धुपाल्चोक- तातोपानी नाका हुँदै अवैधरुपमा राजधानी भित्र्याउन लागिएको चार किलो सुनसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार घ्यारु-४ मनाङका ४७ वर्षीय दोर्जे गुरुङ बाह्रबिसेको सुनकोशीबाट सुनसहित पक्राउ परेका हुन्।
Read more...
Subscribe to this RSS feed