Thursday 6 Kartik, 2071 |
Menu

समाज

मौसम सूचना दिने संयन्त्र छैन

काठमाडौं- हिमपातमा ज्यान गुमाउनेको संख्या आइतबार साँझसम्म ४० पुगेको छ। घाइते र उद्धार गरिएकाहरूको नाम र संख्या रेकर्ड राख्न सरकार असफल छ। हराइरहेका सर्वसाधारणतिर त ध्यान दिनै भ्याएको छैन।
Read more...

जोरपाटीमा आगलागी

काठमाडौं– जोरपाटी दक्षिणढोकाको एक मोटर ग्यारेजमा अाइतबार राति आगलागी भएको छ। ग्यारेजमा प्रज्वलनशील पदार्थ भएकाले आगलागी ठूलो भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र र स्थानीयवासीले दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको नागरिककर्मी केपी ढुंगानाले जनाएका छन्।  
Read more...

तीन किलो चाँदीसहित तीन भारतीय पक्राउ

विराटनगर– भारतबाट आउने ट्रकबाट तीन किलो चाँदीका सामान ल्याउँदै गरेको अवस्थामा विराटनगर भन्सारनजिक तीन भारतीय नागरिक पक्राउ परेका छन्।
Read more...

माथिल्लो डोल्पाबाट थप १० जनाको उद्धार

जुम्ला– माथिल्लो डोल्पामा हिमपातमा परेर अलपत्र परेका १० जनाको आइतबार उद्धार गरिएको छ। डोल्पाको से फोक्सोन्डु, साल्दाङ हुँदै माथिल्लो डोल्पाको छार्का गाविस जाने क्रममा हिउँ परेपछि अलपत्र परेका १० पर्यटकलाई मनाङ एयरको हेलिकप्टरले उद्धार गरेको हो।
Read more...

भारतीय 'जेल'बाट नेपाली उद्योगीलाई शृंखलाबद्ध धम्की

वीरगन्ज– तीन महिनादेखि वीरगन्जका उद्योगी–व्यवसायीहरूलाई आइरहेको धम्कीको 'फोन कल' भारतको पूर्वी चम्पारण जिल्लाको मोतिहारी जेलबाट भएको खुलेको छ। सीमापारिका सुरक्षा निकायसँग पछिल्लो समयमा सीमावर्ती नेपाल प्रहरीको समन्वय बिग्रिएका कारण आपराधिक समूहका गतिविधिमा अंकुश लाग्न नसकेको पीडित व्यापारीहरूको बुझाइ छ।
Read more...

बलात्कार आरोपमा शिक्षा कर्मचारी पक्राउ

नुवाकोट– एक होटलमा काम गर्ने नाबालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला शिक्षा कार्यालय नुवाकोटका एक कर्मचारी पक्राउ परेका छन्।
Read more...

इन्टरनेटको असरः चिठीपत्र पठाउने चलन हराउँदै

काठमाडौं—कम्प्युटरको माउस क्लिक गरेपछि संसारको जुनसुकै कुनामा बसेको व्यक्तिसँग खबरको आदानप्रदान हुने गरी भएको सूचना प्रविधिको विकासले हुलाकमार्फत चिठीपत्र पठाउने परम्परागत प्रचलन हराउँदै गएको छ।
Read more...

टुकुचे बेस क्याम्पबाट आठ जनाको उद्धार, हेलिकोप्टर ल्यान्ड गर्न नसक्दा उद्धारमा समस्या

बागलुङ— हिमपातमा परी मुस्ताङको टुकुचे हिमालको बेस क्याम्पमा अलपत्र आठ नेपालीलाई आइतबार उद्धार गरिएको छ। सुरक्षित अवस्थामा रहेका आठ नेपालीलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरिक्षक गोविन्द पाठकले बताए।
Read more...

घण्टाघरबाट खसेर युवतीको मृत्यु

धरान—धरानको पहिचानसँगै प्रमुख पर्यटकीय आर्कषणको थलो बनेको भानुचौकमा स्थित घण्टाघरबाट खसेर एक विवाहित युवतीको मृत्यु भएको छ । मध्याह्न करिब सवा १२ बजे मोरङको हरैचा ९ की २१ बर्षीय हेमन्ती मगरको घटनास्थलमै मृत्यु भएको हो।
Read more...

आगलागीमा दुई बालबालिकाको मृत्यु

सोलुखुम्बु— सोलुखुम्बुको गोराखानी ८ स्थीत लाप्चामा एक घर आगोलागी हुदा दुई बालबालिकाको ज्यान गएको छ। आज बिहान भएको आगोलागीबाट स्थानीय पुसबहादुर तामाङको बर्ष ९ का नाती पूर्णबहादुर तामाङ र ५ बर्षिय नातिनी पासाङ ल्हमु तामाङको जलेर मृत्यु भएको हो।
Read more...

चाँडपर्वको मौका छोपेर काठ तस्कर सक्रिय, दुईजना पक्राउ

रौतहट— चाँडपर्वको मौका छोपेर रौतहटको वन क्षेत्रबाट व्यापक रुपमा हरियो रुख कटान गरी तस्करी कार्य बढेको छ। काठ र दाउराको निहुमा रुख कटान बढेपछि जिल्ला वन कार्यालयबाट खटिएको सशस्त्र वनरक्षक टोलीले दुईजना काठ तस्करलाई पक्राउ गरेको छ।
Read more...

अरिङ्गालले टोकेर एकै परिवारका तीन जनाको मृत्यु

म्याग्दी- बेनीनगरपालिका–९ काउलेगौडाँ घतानमा घाँसदाउरा काट्न जाने क्रममा अरिङ्गालले टोकेर तीन जनाको निधन भएको छ। घर नजिक रहेको पौराखेत बनमा घाँसदाउर लिन जाने क्रममा टोकेर गम्भिर घाईते भएका ५५ बर्षीय दल पुरी, ४८ बर्षिया श्रीमति शिव पुरी र १२ बर्षिय…
Read more...

भिआइपीलाई हिँड्ने सडक चिल्ला, अन्त खाल्डैखाल्डा

काठमाडौं-माइतीघर–पुतलीसडक सडक खण्ड पहिलेदेखि नै चिल्लो र सुन्दर थियो। तर, त्यहाँ चिल्लो कालोपत्रे सडकमाथि पुनः नयाँ कालोपत्र थपिएको छ। एयरपोर्ट–तीनकुने खण्ड पनि पक्की नै छ। त्यहाँ पनि पुन नयाँ कालोपत्र थप्ने तयारी भइरहेको छ।
Read more...

निरक्षरता हटाउन विद्यार्थी परिचालन

काठमाडौ-सन् २०१५ भित्र नेपालबाट निरक्षरता उन्मूलन गर्ने विश्व मञ्चमा प्रतिबद्धता जनाएअनुसार सबै निरक्षरलाई साक्षर बनाउन यस वर्ष सघन साक्षरता अभियानमा विद्यार्थी प्रयोग गर्ने नीति अघि सारेको छ।
Read more...
Subscribe to this RSS feed