Thursday 5 Bhadra, 2071 |
Menu

समाज

सुनकोसीको तलाउ ७५ सेमी घट्यो

सिन्धुपाल्चोक- पानीको बहाव बढ्न थालेसँगै सुनकोसी तलाउ सतह विस्तारै घट्न थालेको छ। लगातार तीन दिनको वर्षा थामिएर आइतबार दिनभर घाम लागेपछि तलाउ सतह घटिरहेको स्पष्ट देख्न पाइन्थ्यो।
विस्तृतमा पढ्नुस्

पहिरोले दार्चुला–बैतडी सड्क अवरुद्ध

महेन्द्रनगर-पहिरोले दार्चुला–बैतडी सडक खण्ड अवरुद्ध भएको छ। पहिरो जाँदा दार्चुलाको अपि नगरपालिका–१७ धाप तथा ग्वानी गाविसको बागजेबलामा सडक अवरुद्ध भएको हो।
विस्तृतमा पढ्नुस्

श्रीकृष्ण जन्माष्टमी धुमधामले मनाइयो (फोटो फिचर)

ललितपुर-आज श्रीकृष्ण जन्माष्टमी देश भर धुमधामका साथ मनाइदै छ। जन्माष्टमीका अवसरमा राष्ट्रपति रामवरण यादवले पाटनस्थित श्रीकृष्ण मन्दिरमा पूजा गरेका छन्।  
विस्तृतमा पढ्नुस्

बाढी पीडितलाई ‘चाउचाउकै भर'

दाङ- १६ दिनकी सुत्केरी बुहारी नमा चौधरीको स्याहार गर्ने कोही छैनन्। स्थानीय एक विद्यालयको कोठामा लम्पसार छिन् उनी। ससुरा जागुराम बाढीले निमत्याएको विपत्तिको पीडामा भौंतारिँदै बगरमा हिँड्छन्। उनकी श्रीमती जानुकलालाई बाढीबाट बचेखुचेका सामान खोज्नमै ठीक छ। सुत्केरीलाई खुवाउने पोसिलो खानेकुरा…
विस्तृतमा पढ्नुस्

६३ वर्षपछि बहुलाएको ‘बबई'

दाङ- दाङको मुहान भएर बग्ने बबई नदीले दाङलगायत विभिन्न जिल्लामा ५० बढीको ज्यान लियो। दाङबाट बग्न सुरु गर्ने बबई नदीले शुक्रबारदेखि आइतबारसम्म दाङ, सुर्खेत र बर्दियामा ५१ जनाको ज्यान लिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन्। सैयौं बेपत्ता छन्।…
विस्तृतमा पढ्नुस्

उपचार खर्च नहुँदा 'छोराको हत्या'

सर्लाही– उपचार खर्च अभावमा आर्थिक अवस्था कमजोर भएका एक बाबुले ९ महिने छोराको हत्या गरेका छन्। सुटौना–२ का ३० वर्षीय रामश्री मण्डलले ९ महिने छोराको शव पोखरीमा फल्न लाग्दा पक्राउ परेका हुन्।
विस्तृतमा पढ्नुस्

पहिरोका घाइतेलाई सेनाको हेलिकप्टरबाट तुल्सीपुर लगियो

रोल्पा- अविरल वर्षाले पश्चिम रोल्पाको राँकमा साउन ३० गते पहिरो खस्दा घाइते भएकामध्ये एक जनालाई आइतबार बिहान सेनाको हेलिकप्टरबाट तुल्सीपुर लगिएको छ। राँक–२ नन्वाउलेखाका कृष्ण बलिलाई उचारका लागि सेनाको हेलिकप्टबाट थप उपचारका लागि त्यहाँ पुर्‍याइएको प्रहरी नायब उपरीक्षक नविनराज राईले…
विस्तृतमा पढ्नुस्

खोलाले बगाउँदा बालिकाको ज्यान गयो

महेन्द्रनगर - खोलाले बगाउँदा बैतडीमा एक बालिकाको ज्यान गएको छ। बैतडीको रौलेश्वर गाविस–२ डबरालीमा बालिकाको ज्यान गएको हो।
विस्तृतमा पढ्नुस्

राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा टीका तथा प्रसाद ग्रहण

ललितपुर- श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति डा रामवरण यादव आज पाटनस्थित श्रीकृष्ण मन्दिर जानु भई पूजा अर्चना तथा प्रसाद ग्रहण गरेका छन्।।बिहान ८ बजेर १० मिनेटमा कृष्णमन्दिर पुगेका राष्ट्रपति डा यादवले मूल पुजारी रवीन्द्र शर्माको हातबाट टीका र प्रसाद ग्रहण गरे।सो…
विस्तृतमा पढ्नुस्

हेटौँडा–काठमाडौँ यातायात सेवा सञ्चालन

हेटौँडा -हेटौँडा–कुलेखानी सडकखण्डको महादेवस्थानलगायत विभिन्न ठाउँमा गएको पहिरो हटाई आज बिहानदेखि हेटौँडा–काठमाडौँ यातायात सेवा सञ्चालन गरिएको छ।
विस्तृतमा पढ्नुस्

वर्षा रोकिएपछि उद्धार

जाजरकोट- अविरल वर्षाका कारण बुधबार राति आएको पहिरोमा परी जाजरकोटमा घाइते भएकाको तीन दिनपछि उद्धार गरिएको छ। गृहमन्त्रालयले पहिरोमा परी घाइते भएकालाई तत्काल उद्धार गर्न खोजे पनि अविरल वर्षाका कारण हेलिकोप्टर ल्याउन नसक्दा तीन दिनपछि शनिबार उद्धार गरिएको जिल्ला प्रशासन…
विस्तृतमा पढ्नुस्

देशभर कृष्णअष्टमी मनाइँदै

काठमाडौं- प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आरधाना गरेर देशभर मनाइँदैछ।
विस्तृतमा पढ्नुस्

ढल निकास नहुँदा पोखराका सडक जलमग्न

पोखरा-ढलको उचित व्यवस्थापन नहुँदा पोखराका सडक बर्खामा जलमग्न हुने गरेका छन्। घुँडाभन्दा माथिसम्म जम्ने पानीले सवारीसाधन तथा बटुवालाई सास्ती हुने गरेको छ।
विस्तृतमा पढ्नुस्

मध्यपहाडीका पुल निर्माणमा ढिलाइ

बागालुङ-राष्ट्रिय प्राथमिकताको ‘मध्य पहाडी' लोकमार्गको बागलुङ खण्डमा ‘मोटरेबल पुल' निर्माणमा ढिलाइ हुँदा सवारी सञ्चालनमा कठिनाइ भएको छ। बागलुङ–रुकुम खण्डमा ट्र्याक खुले पनि वषर्ौंदेखि निर्माणाधीन पुल अलपत्र हुँदा सो खण्डमा सवारी चल्न थालेका छैनन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed