Sunday 17 Falgun, 2071 |
Menu

समाज

चिनिया पर्यटक कालीगण्डकीमा बेपत्ता

बागलुङ-चिनिया एक पर्यटक कालीगण्डकी नदीमा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा २७ वर्षीय क्यूयाङ रहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ। कालीगण्डकी नदीमा र्या फ्टिङ गर्न आएका पर्यटक पौडिने क्रममा बागलुङको नारायणस्थान—९ नाउबाउरा नजिकैबाट बेपत्ता भएका हुन्।
Read more...

सिमरामा तनाब कायमै

वीरगञ्ज–बाराको सिमरामा मालपोत र नापी कार्यलयको सेवाकेन्द्र स्थापनाको माग सहित ४ दिनदेखि अनिश्चितकालिन आमहड्ताल घोषणा गरी आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच सोमबार पनि झडप भएको छ।
Read more...

अवैध सम्वन्धबाट जन्मेको शिशुको आमाद्वारा हत्या

रोल्पा-रोल्पामा एक आमाले नवजात शिशुको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार तालाबाङ–५ धनथानका सुमित्रा बुढामगरले नव जात शिशुको हत्या गरेकी हुन। लोग्ने विदेशमा रहेको बेला पर पुरुषसँगको अवैध सम्बन्धबाट सुमित्राले गर्भधारण गरेको प्रहरीले जनाएको छ।
Read more...

घाँस काट्न गएका व्यक्ति मृत भेटिए

सङ्खुवासभा-घरनजिकैको जङ्गलमा घाँस काट्न गएका बाला–५, तिर्खुवाका एक व्यक्ति मृत फेला परेका छन्। ६९ बर्षीय सईनप्रसाद राईलाई गाउँलेहरुले सोमबार मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर कमल खत्रीले जनाए।
Read more...

राष्ट्रपति आउने भए पछि सडक रातारात कालोपत्रे

रौतहट–वर्षाै देखि नबनेको सडक राष्ट्रपति आउने भए पछि धमाधम निर्माण हुन थालेको देखेर स्थानीय अहिले निकै हर्षित भएका छन। रौतहटको चन्द्रपुर नगरपालिका–१४ नजरपुर गाँउमा राष्ट्रपति रामवरण यादव आउने भए पछि रातारात नयाँ सडक निर्माण हुदैंछ। सडक निर्माणका लागि स्थानीय वर्षौ…
Read more...

कोरियामा ग्रीन नेपाल सम्मानित

काठमाडौं–शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा सामाजिक क्रियाकलाप संचालन गर्दै आएको ग्रीन नेपाललाई दक्षिण कोरियाको किम्फो सिटी काउन्सिलले सम्मान गरेको छ। दक्षिण कोरियाको किम्फो सिटी काउन्सिलमा आयोजित कार्यक्रममा काउन्सिलले ग्रीन नेपालका अध्यक्ष हिराबहादुर कार्कीलाई सम्मान पत्र प्रदानसहित सम्मान गरेको हो।
Read more...

ट्रकको ठक्करबाट बालकको मृत्यु

धनकुटा–धनकुटाको पाख्रीबास नगरपालिका–९ घोर्लिखर्कमा सोमबार बिहान ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ। धरानबाट इँटा लिएर भोजपुरतर्फ जाँदै गरेको को १ ख ३८५७ नम्वरको ट्रकले ठक्कर दिँदा पाख्रीबास नपा–८ पञ्चेका ९ वर्षीय सचिन तामाङको घटनास्थलमै मृत्यु भएको हो।
Read more...

ओखरपौवामा फोहोर फ्याँक्न अवरोध

नुवाकोट- राजधानी काठमाडौँकोफोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको ओखरपौवा–४ सिसडोलमा स्थानीयराजनीतिक दलहरुको अगुवाइमा फोहोर फ्याँक्न अवरोध गरिएको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) लगायतका स्थानीयराजनीतिक दलहरुको सरोकार समितिले सोमबार बिहानैबाट फोहोर फाल्न अवरोध गरेको हो ।
Read more...

प्रहरीले श्रीमान-श्रीमती समाउन थालेपछि व्यवसायीले गरे लज बन्द

चितवन- लजहरुमा हुने यौन क्रियाकलाप रोक्ने अभियान चलाएको चितवन प्रहरीले श्रीमान श्रीमतीहरुलाई समेत नियन्त्रणमा लिन थालेका भन्दै चितवनका होटल, लज तथा रेष्टुरेन्ट व्यवसायीहरुले आज सोमबारबाट अनिश्चितकालका लागि व्यवसाय बन्द गरेका छन्। होटल व्यवसायी संघ चितवनले व्यवसाय बन्दको आह्वान गरेको हो।
Read more...

डाक्टर-पाइलट बन्न फिलिपिन्स

काठमाडौं- मेडिसिन र उडान क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि फिलिपिन्स राम्रो गन्तव्य बन्दै गइरहेको छ। तुलनात्मक रुपमा फिलिपिन्समा नेपाली विद्यार्थी सर्वसुलभ शुल्कमा विश्वस्तरीय विश्वविद्यालयबाट योग्यता हासिल हुने भएकाले फिलिपिन्स आकर्षण बन्दै गएको आइन्सटाइन इन्टरनेसनलका प्रबन्ध निर्देशक सुशील रेग्मी बताउँछन्।
Read more...

ठमेल सडकमा ढुंगा छाप्न रोकियो

काठमाडौं- मेलम्ची खानेपानी पाइपलाइन समयमै विस्तार नहुँदा ठमेल क्षेत्रमा ढुंगा छाप्न ढिलाइ भएको छ। ढल फेर्ने योजना सरकारले ल्याए पनि सुरु हुने टुंगो नलाग्दा 'सडक बनाउने र भत्काउने' खेल हुने देखिएको छ।
Read more...

अनुदानको सोलारमा मनपरी

काठमाडौं- ल्हासा सरकारले निःशुल्क दिएका सोलर प्यानलमध्ये १४ वटा अनामनगरस्थित घट्टेकुलो विकास समाजको एकलौटी प्रयोगका लागि बाँडिएको छ। मठमन्दिर लगायत सार्वजनिक महŒवका क्षेत्रमा राख्ने भनिए पनि काठमाडौं महानगरपालिकाले यो समाजलाई बाँडेको देखिएको हो।
Read more...

शौचालय बनिनसक्दै खुला दिसामुक्त घोषणा

काठमाडौं- सरकारले खुला दिसामुक्त क्षेत्र घोषणा गरेका जिल्लामा २५ प्रतिशतभन्दा बढी परिवारको शौैचालय नै नभएको पाइएको छ।सरकारले गठन गरेको गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डले गरेको सर्वेक्षणमा हजारौं घरमा शौचालय नभए पनि खुला दिसामुक्त जिल्ला घोषणा…
Read more...

सिमरामा तनाब, एम्बुलेन्समै ढुंगामुढा

वीरगन्ज- नापी, मालपोत लगायत सेवाकेन्द्र स्थापनाको माग राख्दै जारी आन्दोलन नथामिँदा बाराको सिमरा आइतबार थप तनाबग्रस्त बनेको छ। शुक्रबारदेखि आमहडताल थालेका स्थानीयले आइतबार पनि सिमरा बजार र वीरगन्ज–पथलैया सडकखण्ड ठप्प पारे।
Read more...
Subscribe to this RSS feed