Monday 17 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

बेलिब्रिज हट्दा सिधा यातायात सम्पर्क टुट्यो

खोटाङ–सुनकोसीको बेलिब्रिज हटाइएपछि खोटाङ र पूर्वी तराईको सिधा यातायात सम्पर्क टुटेको छ। खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाइएसँगै दिक्तेलबाट सिधै उदयपुर सदरमुकाम गाइघाट तथा पूर्वी शहर जोड्ने यातायात सम्पर्क टुटेको हो।
Read more...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तनाव

महेन्द्रनगर–नेपाली काँग्रेसले आफ्ना पार्टी सभापति शेरबहादुर देउवालाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्ट विरुद्ध साइबर क्राइम अन्तरगत मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
Read more...

आपराधिक समूहको निसानामा उद्योगी

बारा- बिहीबार साँझ महागढीमाई नगरपालिका–२ पसाह खोलाको पुलबाट अपहरणमा परेका वीरगन्ज खाद्य उद्योगका सञ्चालक सुरेश केडियाको अवस्था अझै अज्ञात छ। केडियाको उद्धार गर्न नेपाली सुरक्षाकर्मीले भारतीय सुरक्षाकर्मीको सहयोगमा बिहारको मोतिहारी र बेतिया जिल्लाका विभिन्न स्थानमा खोजतलास भइरहेको जनाएका छन्।
Read more...

सडकमा गुड्छन् 'पानीजहाज'

काठमाडौं- तस्बिरमा देखिने 'सडक पोखरी' युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपअगाडि सडकको हो। १४ मिटर चौडा सडकमा दैनिक हजारौं सवारीसाधन गुड्छन्। तर सडक भत्केर बनेका खाल्डा बर्खामा पानी भरिएर 'पोखरी' बन्दा सवारीचालक, यात्रु र स्थानीय सास्ती खेपिरहेका छन्। पानी…
Read more...

भक्तपुरलाई साँस्कृतिक सहरको रुपमा विकास गरिने

भक्तपुर- सरकारले भक्तपुर नगरलाई साँस्कृतिक नगरको रुपमा विकास गर्ने घोषणा गरेको छ। शनिबार सार्वजनिक आगामी आर्थिक वर्ष २०७३।७४ को आयव्ययको वार्षिक विवरण (बजेट) मार्फत यस्तो घोषणा गरिएको हो।
Read more...

'हनुमानढोका पुनर्निर्माण ठेक्कामा गर्नहुन्न'

काठमाडौं- हनुमानढोका दरबारक्षेत्र भित्र रहेको सम्पदा पुनःनिर्माण गर्दा ठेक्का प्रथाबाट गर्न नहुने सम्पदा संरक्षणमा लागिरहेका स्थानीय अग्रजहरूले माग गरेका छन्। ठेक्का प्रथाबाट गर्दा सम्पदाको मौलिकता हराउने भएकोले पुनःनिर्माण गर्दा सम्बन्धित निकायले स्थानीय कालिगढलाई तालिम दिइ पुनःनिर्माणमा खटाउनु पर्ने बताएका हुन्।
Read more...

सधैं अस्तव्यस्त सूर्यविनायक

भक्तपुर-विदेशको झल्को दिने ६ लेन चौडा सडकको दुवै छेउ भने खाल्डाखुल्डी अनि पानी पर्दा हिलाम्मे र घाम चर्कंदा धुलाम्मे। त्यसमाथि पनि फुटपाथमा नानाथरी पसल र जथाभावी सवारी पार्किङ। यो हो, भक्तपुरको एउटा व्यस्त ठाउँ सूर्यविनायक चोक।
Read more...

इटा उद्योगमा दुई भारतीय मजदुरको मृत्यु

लहान- सिरहाको गोलबजार-६ स्थित सागर इटा उद्योगमा दुई जना मजदुरको मृत्यु भएको छ। काँचो इटा उठाउने क्रममा भत्किँदा दुवै मजदुरको मृत्यु भएको हो। उनीहरुलाई अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
Read more...

पुनर्निर्माण पाँच वर्षभित्र

काठमाडौं- सरकारले भूकम्पपछिको पुनर्निर्माण गर्न आगामी वर्ष झन्डै डेढ खर्ब रुपैयाँ खर्चने भएको छ। व्यवस्थापिका संसद्मा शनिबार आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत सरकारले पुनर्निर्माणका लागि १ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको हो।
Read more...

८२ हजार जनालाई सम्मान

काठमाडौं- सरकारले गणतन्त्र दिवसको अवसरमा करिब ८२ हजार जनालाई विभिन्न पदक, प्रशंसा र सम्मानबाट विभूषित गर्ने घोषणा गरेको छ। सरकारले ९ औं गणतन्त्र दिवसको अवसरमा एकैपटक मानपदवी, अलंकार, पदकद्वारा दलका नेता, सरकारका उच्च ओहदामा रहेका व्यक्तिलाई विभूषित गर्ने निर्णय गरेको…
Read more...

सामाजिक सुरक्षा भत्ता दोब्बर

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७३ र ०७४ को बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा भत्ताको रकम दोब्बर बनाएको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट वक्तव्यमार्फत ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा लोपोन्मुख आदिवासी जनजातिलाई दिइने भत्ता दोब्बर बनाएको घोषणा गरेका…
Read more...

कर्मचारी तलब २५ प्रतिशत बढ्यो

काठमाडौं- सरकारले कर्मचारीको तलब २५ प्रतिशतले बढाएको छ। २०७१ सालमा १० प्रतिशत बढेको तलब यसपटक २५ प्रतिशतले बढाइएको हो। तलब बढेसँगै भत्तासहित कार्यालय सहयोगीको तलब स्केल १७ हजार २ सय २५ रुपैयाँ हुनेछ। यसअघि प्रथमस्तरको कार्यालय सहयोगीको तलब १२ हजार…
Read more...

पूर्वाधार विकास जकडिन सक्छ

काठमाडौं- कुल विकास बजेटको आधाभन्दा बढी पूर्वाधार क्षेत्रमा विनियोजन गरे पनि खर्च गरेर प्रतिफल हात पार्न सरकारसामु चुनौतीको पहाड तेर्सिएको छ। उत्पादन बढाएर रोजगारी सिर्जना हुन नसके यो क्षेत्र दुर्घटनामा पर्ने निश्चित छ।
Read more...

वृद्ध भत्ता दोब्बर, अब २ हजार

काठमाडौं— सरकारले सामाजिक सुरक्षा भत्तालाई दोब्बर पारेको छ। अहिले सामाजिक भत्ता मासिक १ हजार रहँदै आएको छ। सामाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्ध भत्ता, बिधुवा भत्ता तथा अपाङ्ग भत्ता पर्दछन्। वृद्धि दोब्बर भएसँगै अब मासिक भत्ता २ हजार हुनेछ।
Read more...
Subscribe to this RSS feed