
प्रहरीले सुन्धारामा सञ्चालित अत्याधुनिक एक्स बारमा छापा मारी ५५ जनालाई पक्राउ गरेको छ। सुन्धारामा रहेको एक्स बारमा प्रहरीले छापा मारेर काठमाडौंमा सञ्चालित अत्याधुनिक डान्सबारको सञ्चालनमा रहेको खुलासा गरेको हो।
बेलुका ९ वजे महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले बारमा छापा मारेको हो। प्रहरीले बारमा छापा मारेर ३२ जना महिला डान्सर र अन्य ग्राहकहरुलाई पक्राउ गरेको थियो।
छापा मारिएको बार प्रहरीले अहिलेसम्म छापा मारेको बारमध्ये सबैभन्दा अत्याधुनिक रहेको प्रहरीले दावी गरिएको छ। बारमा छापा मार्न काठमाडौं परिसरका डिएसपी प्रधुम्न खड्काको नेतृत्वमा ५० भन्दा बढी प्रहरी परिचालन भएको थियो।
एक्सबारका सञ्चालक स्टालिन शेरचन हुन। उनले सात वर्षदेखि सो बार सञ्चालन गर्दै आएका थिए। प्रहरीले बारमा छापा मार्दा उनी बारमा थिएनन्। प्रहरीले उनको खोजी गरिरहेको छ।
सञ्चालकले बारलाई ए, बी र सी गरी तीन तहमा वर्गीकरण गरी दर तोकेको थियो। चौथो तल्लामा एक सय प्रवेश शुल्क लिएर प्रारम्भिक ग्राहकलाई प्रवेश दिने गरिएको थियो। विश्वसनीय ग्राहकलाई २ सय प्रवेश शुल्क लिएर चौथो तलामा रहेको चार वटा विशेष कोठा र पाँचौ तलामा रहेको पाँच वटा विशेष कोठामा राख्ने गरेको पक्राउ परेका बारका कर्मचारीले प्रहरीलाई जानकारी दिएका छन्।

बारको चौथो तलामा प्रारम्भिक ग्राहकहरुका लागि स्थान छुट्टयाएको थियो। बारका नियमित ग्राहकहरुका लागि चौथो तलामा चार वटा विशेष कोठा र पाँचौ तलामा सात वटा कोठाको व्यवस्था गरिएको थियो। प्रत्येक तलामा छुट्टै रिसेप्सेन रुमको व्यवस्था गरी प्रत्येक कोठामा डान्सका लागि विशेष स्थानको व्यवस्था गरिएको थियो। कोठामा ग्राहक र डान्सरका लागि लुगा परिर्वतन गर्ने विशेष कोठाको समेत व्यवस्था गरिएको थियो। प्रत्येक कोठामा सातदेखि १५ जना ग्राहक बस्न सक्ने व्यवस्था गरिएको थियो।
पाँचौ तलामा डान्स बार सहित विशेष ग्राहकका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको थियो।
प्रारम्भमा पुग्ने कोठावाट विशेष कोठामा पुग्नका लागि चारैतिर सिसाको व्यवस्था गर्दै सुरुङको रुपमा मार्गको व्यवस्था गरिएको छ। चारैतिर सिसा राखिएका कारण छुक्किएर सिसामा ठोक्कीदा केही प्रहरीहरु घाइते समेत भएका थिए। एक घाइते प्रहरी भन्दै थिए 'पहिला सिधा आएको चारैतिर आफुमात्र देखे। कता जाने कता थाहै भएन।'पांचौ तलामा सात वटा विशेष कोठाको व्यवस्था गरिएको थियो। ६ वटा कोठामा ८ जना ग्राहक अट्ने व्यवस्था गरिएको थियो भने एउटा कोठामा १५ जनासम्म ग्राहक अट्न सक्थे।
विशेष कोठामा ग्राहकलाई पुर्याउन शौचालय मार्फत सुरुङ आकारको कोठाको निर्माण गरिएको थियो। कोठाहरुको निर्माण र कोठामा पुग्ने बाटो अनुभवी बारकै कर्मचारीको सहयोगविना पुग्न असम्भव झै देखिएको थियो। छापा मार्न संलग्न एक प्रहरी अधिकारीले भने, 'काठमाडौंमा यस्तो पनि बार छ भन्ने त कहिल्यै कल्पना समेत गरेको थिइनँ।'



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





