Thursday 17 Ashad, 2072 |
Menu

समाज

ist-cc

अश्लिल भिडियो बनाउँदै गर्दा दुई पक्राउ

  • बुधबार १८ बैशाख, २०७०
  • उपेन्द्र यादव
  • DISQUS_COMMENTS
(2 votes)
बारा - जिल्ला प्रहरी कार्यालय बाराले अश्लिल भिडियो बनाउँदै गर्दा दुई जनालाई मंगलबार बेलुका कलैयाबाट पक्राउ गरेको छ। कलैया नगरपालिका ८ बस्ने मदन साहले मोबाइलबाट नुहाइरहेका महिलाको अश्लिल भिडियो तानेर पिपडाढी ६ का महाकान्त पडितको कलैया बरगाछीनजिकैको कप्यूटरमा मिक्सिङ्ग गर्न खोज्दा दुबै जनालाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले अश्लिल भिडियो तानेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए। उनले नियन्त्रणमा लिएकाहरु आफू निर्दोष भएको कुरा बताए पनि अनुसन्धानबाट थप प्रष्ट हुने बताए। प्रहरीले महाकान्त पडितको कम्प्यूटर पसलबाट ल्यापटप समेत अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।
बारामा धेरै जनाको अश्लिल भिडियोहरु सार्वजनिक हुनेक्रम बढेको छ। आरोपीहरुलाई प्रहरीले नियन्त्रणमा लिए पनि कानून अभावमा  सार्वजनिक मुद्दा मात्र चलाउने गरेकोले यसको नियन्त्रण चुनौती बन्दै गएको कुरा प्रहरीहरुले बताउँछन।

चालक परीक्षा पुनः खुला

काठमाडौँ-यातायात व्यवस्था कार्यालयले सिहंदरबार अगाडि नेसनल ट्रेडिङ लिमिटेडको परिसरमा चालक परीक्षा (ट्रायल) आजदेखि पुनः सुरु गरेको छ।भूकम्पपछि परीक्षा स्थलमा राहत सामग्री राखिएकाले त्यहाँ हुने चार पाङ्ग्रेलगायत सवारी साधनको चालक परीक्षा...

बलात्कारीलाई १० वर्ष कैद र हत्यारालाई सर्वस्वसहित जन्मकैद

इलाम-जिल्ला अदालत इलामले बलात्कार गरेको अभियोगमा पक्राउ परेका जिर्मले–६ का धनबहादुर घिमिरेलाई आज १० वर्ष लामो कारावास सजाय सुनाएको छ।

भिरबाट लडेर दुई जनाको ज्यान गयो

कालिकाेट-कर्णाली करिडोर अन्तर्गत लालुलैफु सडक खण्डको लालिघाट गेाजाभिरबाट बुधबार लडेर दुईजना कामदारको ज्यान गएको छ।

खोंचबाट खोलामा खसेर बालक बेपत्ता

दार्चुला– अपी नगरपालिका वडा नं ४ छापरीकोटको घट्टेखोलामा खोचबाट खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही ठाँउ घर भएका १२ वर्षीय अकबर सिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय...

अमेरिका पठाउने नाममा ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– अमेरिकाको सेन्ट लुसियाको लेम्बर्ड एकेडेमीमा अध्ययनका लागि पठाइदिने भन्दै प्रतिविद्यार्थी १२ लाख रुपैयाँका दरले १५ जनालाई ठगी गर्ने कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

गाउँमा पहिरो खस्दा ३० परिवार विस्थापित

इलाम–अविरल वर्षास"गै मंगलबार राति गाउ"भरी पहिरो खस्दा दक्षिणी इलामको शान्तिपुरका ३० परिवार घरबाट विस्थापित भएका छन्। पहिरोले बस्नै नहुनेगरी घर क्षतिग्रस्त हु"दा उनीहरु विस्थापित भएका हुन्। झण्डै ६ घण्टासम्म एकैनासको...

ज्यानमार्ने उद्योग गरी फरार अभियुक्त रिमबहादुर पक्राउ

कठमाडौं– धारिलो हतियार प्रयोग गरी २ जनालाई गम्भीर घाइते बनाएर फरार रहेका अभियुक्त बाग्लुङ तिताङ–७ का ४७ वर्षका रिमबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

रोपाइँ आयोजक महिलाले कृषिमन्त्रीको बचाउ गरे

काठमाडौं— कृषिमन्त्री हरि पराजुलीलाई असार १५ मा धान रोपाइँमा बोलाउने कृषि समूहरुले उनका गतिविधिको बचाउ गरेका छन्। मनोहरा मिश्रित कृषक समूह अध्यक्ष नर्मदा फुयाल तथा महांकाल सफल कृषक समूह अध्यक्ष...