Tuesday 18 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

निन्दनीय आक्रमण

(0 votes)
फ्रान्सको राजधानी पेरिसस्थित बाटाक्लान सिटी हलमा शुक्रबार राति भएको आतंककारी हमलाले फेरि संसारको ध्यानाकर्षण गरेको छ । त्यो आततायी घटनापछि मारिनेको संख्या कम्तीमा १ सय २८ पुगेको छ र यो थपिँदो छ ।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-may
घाइतेको संख्या २ सयभन्दा बढी छ । आतंकको कुनै धर्म, जात र क्षेत्र हुँदैन । आतंकको निशाना विकसित र सशक्त सुरक्षा भएका मुलुक पनि सहजै बन्न सक्छन् भन्ने फेरि दोहोरिएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कस्थित जुम्ल्याहा भवनमा भएको आतंककारी आक्रमणकै शृंखलाका रूपमा विश्वले यस घटनालाई लिएको छ । सामान्यतः युरोप र पश्चिमा विकसित मुलुकमा शुक्रबार रातिदेखि सुरु हुने सप्ताहन्तमा सर्वसाधारण रेस्टुरा, कन्सर्ट र सार्वजनिक स्थानमा धेरै उपस्थित हुन्छन् । पेरिस आक्रमणमा संलग्न आतंककारीले पनि त्यही सुखद् शुक्रबारको रातलाई आफ्नो आतंकको शिकार बनाएका छन् । पेरिसमै आतंककारीबाट यो वर्ष भएको यो दोस्रो आक्रमण हो । जनवरीमा पेरिसको व्यंग्यात्मक पत्रिका चार्ली हेब्डो र यहुदी सुपरमार्केटमा भएको आतंककारी हमलामा १७ जनाको मृत्यु भएको धेरैले बिर्सेका छैनन् । अहिले फेरि पेरिसमै भएको पछिल्लो आक्रमणले संसारभरका मानिसको मुटु हल्लाइदिएको छ ।

पछिल्ला केही वर्षयता आतंकवादको सहारामा राजनीतिक अभीष्ट प्राप्ति गर्ने काम हुन थालेको छ । राजनीतिको आवरणमा यस्ता कार्यले केही हदसम्म क्षमा पनि पाउने गरेका छन् । तर, शक्तिशाली विकसित मुलुकहरूले पनि यसप्रति कठोर रूप अपनाउने गरेका छन् । संसारभरका मुलुकले आतंकवादविरुद्ध साझा अभिव्यक्ति दिने र त्यसविरुद्ध सहकार्य गर्ने प्रयास पनि गरिरहेका छन् । आतंकवादविरुद्धको कठोर अभियान हुँदाहुँदै पनि उग्रता बढ्दै जानु चिन्ताको विषय हो । विशेष गरी मुस्लिम समुदायका केही धार्मिक उग्रवादी संगठनको यसमा संलग्नता देखिएको छ । युरोपमा मुस्लिम समुदायको ठूलो उपस्थिति छ । यस किसिमको उग्रताले त्यहाँका बासिन्दामा अवश्यै कठिनाइ उत्पन्न गराउने छ । सँगसँगै सम्बन्धित राज्यले लिएका नीतिले पनि बेलाबेलामा अल्पसंख्यक समुदायलाई बढी उग्रतातर्फ धकेल्दै गरेको अनुभव गर्न सकिन्छ । फ्रान्सकै हकममा मुस्लिम समुदायका महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउन सरकारले रोक लगाउने गरेको छ । सरकारको दृष्टिमा सबैलाई समान हैसियत रहेको देखाउन यसमा रोक लगाउने गरेको भए पनि यो अभ्यास गर्नेहरूले पक्कै पनि वञ्चित भएको महसुस गर्न सक्छन् ।

कुनै अर्थमा पनि आतंकवादलाई क्षम्य मान्न सकिन्न । सँगै यो उग्रता कसरी बढ्दै गइरहेको छ भन्नेमा पनि सम्बन्धित सरकारहरूले ध्यान दिनुपर्ने देखिन्छ । यस किसिमको आतंकले युरोपका नागरिकको खुला आवागमनलाई बाधा पार्ने देखिन्छ । त्यतिमात्र होइन, विस्तारै युरोपकै मोडलमा सीमाहरूलाई खुला गर्दै आर्थिक विकास र व्यापारलाई खुला गर्न प्रयासरत दक्षिण एसियाली मुलुकहरूलाई समेत निरुत्साहित तुल्याउने छ । अमेरिकी जुम्ल्याहा भवनमा आक्रमण गरेपछि 'आतंकवादविरुद्धको युद्ध'ले इराकलगायतका मुलुकमा प्रत्याक्रमण भएको थियो । त्यसले मुस्लिम संसारमा एक किसिमको अस्थिरता पैदा गरेको थियो । सर्वसाधारणको जीवनमा त्यसले पारेको प्रभाव अतुलनीय छ । अहिले पेरिस आक्रमणपछि यसमा संलग्न आतंककारी समूह आइएसको संलग्नताबारे चर्चा भइरहेको छ । र, यसले सिरियामा आक्रमणका निम्ति ढोका खुल्ने निश्चित छ । आइएसजस्तो आतंककारी र उग्र समूहप्रति युवाहरूको रोमाञ्चकारी आकर्षणको कारणबारे पनि ध्यान पुग्नु आवश्यक हुन्छ । के त्यस्तो कारण परेर पश्चिमा विकसित मुलुकका युवा/युवतीसमेत त्यसमा सामेल हुन गइरहेका छन् भन्ने समझदारी पनि हुनु आवश्यक छ । आखिर बाह्य आतंककारी समूहलाई मुलुक भित्र्याउन पनि मुलुकभित्रकै सहयोगीको समेत हात हुन्छ । तिनलाई सहयोग गर्ने र राज्यविरुद्ध अपराध गर्न प्रेरित गर्ने कारण के हो ? त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण हुनुपर्छ । आफ्नै देशका नागरिक किन यो दिशामा लाग्न खोज्छन् ? अध्ययनको विषय छ । फ्रान्स सरकारले यो घटनापछि तत्कालै थालेका कारबाही र सर्वसाधारणलाई आश्वस्त पार्न खोजेका प्रयासले अरु सरकारलाई पनि तत्परताको सन्देश दिएको हुनुपर्छ । आतंकमा पर्नेहरूप्रति हाम्रो श्रद्धाञ्जली ।

प्रतिक्रिया

पूर्वमन्त्री कार्कीलाई पत्नी शोक

काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकी धर्मपत्नी आवु राणा कार्कीको निधन भएको छ। लामो समय देखि क्यान्सरबाट पीडित ५० बर्षिय कार्कीको सोमबार हात्तिगौंडा स्थित घरमा निधन भएको...

चिनियाँ लामा शेरब दोर्जेको निधन

काठमाडौँ-विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धस्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण बौद्ध घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा शेरब दोर्जेको आइतबार निधन भएको छ।

जाजरकोटका चार गाउँबाट बस्ती सार्न सरकारसँग माग

जाजरकोट– वर्षासुरु भएसँगै पहिरोको उच्च जोखिमका कारण गाउँ नै बग्ने खतरा बढेको भन्दै जाजरकोटका ४ गाउँका बस्ती अन्यत्रै सार्ने व्यवस्थाका लागि सरकारसँग माग गरिएको छ।

अपहरणमुक्त हुन केडियाले १० करोड फिरौती बुझाए!

काठमाडौं— नेपाल र भारतका प्रहरीले उद्योगपति सुरेश केडियालाई अपहरणकारीबाट सकुशल उद्धार गरेको दाबी गरे पनि भारतीय मिडियाहरुले उनी फिरौती बुझाएर मुक्त भएको उल्लेख गरेका छन्।

जंगली च्याउ खाँदा पाँचको मृत्यु, १६ बिरामी

पाँचथर–विषाक्त जंगली च्याउ खाएर पाँच दिनमा पाँच जनाको ज्यान जाँदा पनि यसको प्रयोग रोकिएको छैन। आइतबार राति जंगलबाट ल्याएको च्याउ खाँदा याङनाम– २ का तीन जना विरामी परेका छन्। याङनामका...

सजिलै छक्किन्छ त्रिभुवन विमानस्थल

सजिलै छक्किन्छ त्रिभुवन विमानस्थल

काठमाडौं- एउटी महिला अस्वाभाविक देखिने गरी माछा मार्न प्रयोग हुने नाइलनको डोरी लिएर दक्षिण अमेरिकी देश हुँदै नेपाल आइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कसैले शंका गरेन। लागुऔषध नियन्त्रण ब्युरोले जेठ...

जरिबाना बढेपछि सवारीचालक अनुशासित

जरिबाना बढेपछि सवारीचालक अनुशासित

काठमाडौं- गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरीत सवारी चलाउने १ हजार ६ सय १७ चालक ट्राफिक प्रहरीको कारबाहीमा परे। तर त्यसको ठिक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा...

काठमाडौं जिविसद्वारा छात्रवृत्ति

काठमाडौं- काठमाडौं जिल्ला विकास समितिले जिल्लाका १५ वटा सामुदायिक क्याम्पसमा अध्ययनरत १ सय ८९ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। कक्षा ११ तर्फ १ सय १७ र स्नातक प्रथम वर्षमा अध्ययनरत...